ट्रम्प भन्छन्- आई हेट टेलर स्विफ्ट !
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गायिका टेलर स्विफ्टलाई निशाना बनाएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘आई हेट टेलर स्विफ्ट’ पोस्ट गरेका छन् । ट्रम्पको पोष्टहरू टेलर स्विफ्टको इन्स्टाग्राम पोस्टको प्रतिक्रियामा आएका हुन् ।
टेलर स्विफ्टले सेप्टेम्बर ११ मा राष्ट्रपतिको बहसपछि कमला ह्यारिसको समर्थनमा पोस्ट गरेकी थिइन् । यस पोस्टमा टेलरले केही दिनदेखि भाइरल भइरहेको एआई जेनेरेट गरिएको भिडियोको पनि खण्डन गरेकी छिन्, जसमा उनी ट्रम्पको समर्थनमा देखिएकी थिइन् ।
टेलरले पोस्टमा उक्त भिडियो नक्कली भएको लेखेकी छन् । मैले निर्णय गरेको छु कि नोभेम्बर २०२४ मा हुने राष्ट्रपति चुनावमा म कमला ह्यारिस र टिम वाल्जलाई भोट दिनेछु । कमला र टिम ट्रम्पको प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन् ।
टेलर स्विफ्टले कमला ह्यारिसको प्रशंसा गर्दै उनलाई योद्धा, स्थिर र प्रतिभाशाली नेता भनेकी थिइन् । उनले अराजकताको सट्टा शान्तिका माध्यमबाट मुलुकमा धेरै उपलब्धि हुने कुरा गरेकि थिइन् ।
राष्ट्रपति चुनावमा टेलर स्विफ्टको समर्थनबाट कमला ह्यारिसले फाइदा लिन सक्ने बताइन् । टेलर स्विफ्टका फ्यान भएका अमेरिकी गोरा महिलाहरूको ठूलो समूह छ । स्विफ्टको समर्थनपछि उनीहरु पनि कमलाको समर्थनमा जान सक्ने बताइएको छ ।
इन्स्टाग्राममा टेलरका २८४ मिलियन फलोअर्स छन् । यो संख्या आफैमा ठूलो छ, त्यसैले यसको प्रभाव राष्ट्रपति चुनावमा देख्न सकिने विश्लेषण गरिएको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

