अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ । जसमा पाँचथर, फिदिम नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-७ रानिटार बस्ने २५ वर्षीय राम बहादुर लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ।
सप्तरी, हनुमाननगर कंकालिनि नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-३ रामपुर टोल बस्ने २९ वर्षीय दिल बहादुर माझी र सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले भारदहबाट हनुमाननगरतर्फ जाँदै गरेको को.२ ह ४३०५ नम्बरको रिक्सालाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल बहादुर र रिक्सामा सवार किशोरलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उदयपुर बेलका नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई भारदह चोकबाट नगद ५ लाख रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १९ ट्याब्लेट र एभिल १९ ट्याब्लेट सहित सोही नगरपालिका-२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँद समेत ६ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले से.४ प २३१६ नम्बरको स्कुटर र लु.६४ प ४५२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

