• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ फागुन २०८२, सोमबार
११ फागुन २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

बालेनको वाचापत्र सार्वजनिक,यस्ता छन् मुख्य ९ प्रतिबद्धताहरु

कजारिया रमेश टाइल्स लिमिटेड भक्तपुरमा नयाँ शोरूमसहित विस्तार

२०८२ फागुन ११ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

  • ४. २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ६. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ७. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

  • ९. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

ट्रम्पको सरकारमा को कसको नाम छ चर्चामा ?

काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा विजयी भएपछि अब उनको टिममा को को हुन्छन् भन्ने विषय चर्चामा रहेको छ। ट्रम्पले ह्वाइट हाउसको प्रशासन सम्हाल्नुअघि आफ्नो पहिलो औपचारिक नियुक्ति गरिसकेका छन्। आफ्नो चुनावी अभियानकी सह-अध्यक्ष रहेकी सुसान वाइल्सलाई ‘चिफ अफ स्टाफ’ बनाएका छन्।

सुजन ट्रम्पको २०२४ को चुनावी अभियानको सह-अध्यक्ष थिइन्। नवनिर्वाचित राष्ट्रपतिको संक्रमण टोली जनवरी २०, २०२५ देखि ह्वाइट हाउसमा फर्कनुअघि ठूलो संख्यामा गरिने नियुक्ति र आफ्ना नीतिहरूलाई लिपिबद्ध गर्ने काममा व्यस्त हुनुपर्ने छ।

२०१६ देखि २०२० सम्म राष्ट्रपति रहेका ट्रम्पले सो अवधिमा साथमा रहेका धेरै सहकर्मी गुमाएका छन्। तर, ट्रम्पले यस पटक आफुलाई निर्वाचित हुन सहयोग गर्ने र आफ्नो खराब समयमा साथ दिनेलाई नयाँ सरकारमा भूमिका दिने यसअघि नै स्पष्ट गरेका छन्।

ट्रम्पले आफ्नो भनाइलाई सही साबित गर्दै चुनावी अभियानलाई व्यवस्थित र अनुशासित बनाउन भूमिका खेलेकी वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफ’ नियुक्त गरेका छन्।

उनको भूमिका राष्ट्रपतिको शीर्ष सहयोगीको रुपमा मात्र होइन राष्ट्रपति कार्यालयका कर्मचारी व्यवस्थापन र दैनिक कार्यहरूको निरीक्षण समेत रहेको छ। अमेरिकामा राष्ट्र्पतिको कामको प्रमुख जिम्मेवारको रुपमा ‘चिफ अफ स्टाफ’लाई हेर्ने गरिन्छ।

६७ वर्षीय वाइल्सले दशकौंदेखि रिपब्लिकन राजनीतिमा काम गरेकी छन्। यसमा सन् १९८० मा रोनाल्ड रेगनको चुनावी अभियानदेखि लिएर सन् २०१० मा व्यापारी रिक स्कटलाई फ्लोरिडाको गभर्नर बनाउने अभियानमा उनको भूमिका रहेको छ।

त्यसैगरी, ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा महत्त्वपूर्ण निर्णय न्याय विभागको प्रमुखको नियुक्तिसँग सम्बन्धित छ। वास्तवमा ट्रम्पको पहिलो कार्यकालमा महान्यायाधिवक्ता भएका जेफ सेसन्स र विलियम बारसँग ट्रम्पको सम्बन्ध असन्तुलित थियो। यस्तो अवस्थामा यस पटक ट्रम्पले यस्तो व्यक्तिलाई यस पदमा नियुक्त गर्ने अपेक्षा गरिएको छ, जसले आफूलाई विश्वास गर्ने मात्र नभई आफ्ना आलोचक र विपक्षीहरूलाई सजाय दिन एजेन्सीको शक्ति प्रयोग गर्नेछ।

मन्त्रिपरिषद्को पदका लागि अगाडि आएका नाममध्ये एउटा नाम टेक्सासका महान्यायाधिवक्ता केन प्याक्सटनको पनि हो, जसलाई पनि महाभियोग लगाइएको थियो।

उनीबाहेक ट्रम्पको पहिलो कार्यकालमा तीन महिना महान्यायाधिवक्ताको भूमिका निर्वाह गरेका म्याथ्यु ह्वीटेकरको नाम पनि चर्चामा छ। यी बाहेक दक्षिणपन्थी कार्यकर्ता मानिने माइक डेभिसको नाम पनि चर्चामा रहेको छ।

त्यस्तै, ट्रम्पको दोस्रो कार्यकालमा महत्वपूर्ण पद होमल्यान्ड सेक्युरिटी अफ सेक्रेटरीको रहने छ। ट्रम्पले चुनावमा प्रमुख मुद्दा बनाएको अनिधिकृत आप्रवासीलाई देशबाट निकाल्ने काम गर्नसक्ने व्यक्तिलाई यस पदमा नियुक्ति गर्नुपर्ने छ।

यस पदका लागि ट्रम्पको पहिलो कार्यकालमा अध्यागमन र भन्सार प्रवर्तन विभागको कार्यकारी निर्देशकको रूपमा काम गरेका टम होमनको अगाडि आएको छ । उनको छनोट हुने सम्भावना प्रबल छ।

६२ वर्षीय होमनले गैरकानुनी क्रसिङलाई रोक्न आप्रवासी बालबालिकालाई आफ्ना आमाबुवाबाट अलग गर्न समर्थन गरेका छन् र अध्यागमन शताब्दीका नीतिहरूलाई समर्थन गर्ने राजनीतिज्ञहरूलाई अपराधको अभियोग लगाइनुपर्ने बताउँदै आएका छन्। यद्यपि, उनले ट्रम्पको कार्यकालमा २०१८ मा पदबाट राजीनामा दिएका थिए। तर, उनी ट्रम्पको समर्थक भने रहिरहेका छन्।

त्यस्तै, २०१९ देखि २०२० सम्म कार्यवाहक होमल्याण्ड सचिवको रूपमा काम गरेका चाड वुल्फको नाम पनि अगाडि आएको छ। उनीबाहेक होमल्याण्ड डिपार्टमेन्टका पूर्वकार्यवाहक जनरल काउन्सिल भइसकेका चाड मिजेल पनि दौडमा छन्।

त्यस्तै, स्टीफन मिलरलाई ट्रम्पको अध्यागमन एजेन्डाको वास्तुकार मानिन्छ। उनलाई फेरि एकपटक ह्वाइट हाउसमा वरिष्ठ सल्लाहकारको भूमिका दिइने अपेक्षा गरिएको छ।

त्यस्तै, ट्रम्प सरकारमा विदेश मन्त्रीको भूमिकामा को हुने भन्ने अनुमान निकै भइरहेको छ। विदेश मन्त्रीको दौडमा अहिलेसम्म फ्लोरिडाका सिनेटर मार्को रुबियोको नाम सबैभन्दा अगाडि रहेको छ। उनलाई उपराष्ट्रपति बनाउने विषयमा पनि छलफल भएको थियो।

५३ वर्षीय रुबियोले २०१६ को रिपब्लिकन प्राइमरीमा ट्रम्पको विरोध गरेका थिए तर पछि आफ्नो मतभेदलाई सुधारेका थिए। उनी सिनेटको विदेश सम्बन्ध समितिका वरिष्ठ सदस्य र चेम्बरको इन्टेलिजेन्स प्यानलका उपाध्यक्ष हुन्।

यस पदका लागि अन्य दावेदारहरूमा ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायन, टेनेसी सिनेटर बिल हेगर्टी, ब्रायन हुकको नाम अगाडि आएको छ। हेगर्टी ट्रम्पको पहिलो कार्यकालमा जापानका लागि राजदूत थिए। हुक इरानका लागि विशेष राजदूत भइसकेका छन्।

त्यस्तै, जर्मनीको राजदूत बनिसकेका ट्रम्पका विश्वास पात्र रिचर्ड ग्रेनेलको नाम पनि विदेश मन्त्रीको रुपमा अगाडि रहेको छ। ५८ वर्षीय ग्रेनेल २०२० मा ट्रम्पको पराजयको नतिजालाई उल्टाउने प्रयासमा संलग्न थिए। जब डोनाल्ड ट्रम्पले सेप्टेम्बरमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए, ग्रेनेल उनीसँगै थिए। ग्रेनेलको कार्यशैलीले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकाका लागि उपयुक्त बनाउन सक्छ।

ट्रम्पको दोस्रो कार्यकालमा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)को प्रमुखको रुपमा काश पटेलको नाम चर्चामा रहेको छ। ४४ वर्षीय पटेलले ह्वाइट हाउसमा ट्रम्पको पछिल्लो केही महिनामा चिफ अफ स्टाफको रूपमा पनि काम गरेका थिए।

त्यस्तै, ट्रम्प सरकारको रक्षा मन्त्रीको रुपमा छलफल भइरहेका दुई नामहरूमा  फ्लोरिडाका सांसद माइकल वाल्ट्ज र रोबर्ट ओब्रायन रहेका छन्।

त्यस्तै, मुखर ट्रम्प समर्थकको रूपमा उभिएकी एलिस स्टेफानिकलाई ट्रम्पले संयुक्त राष्ट्र संघका लागि प्रतिनिधि बनाउन सक्ने बताइएको छ।

साथै, यस पदका लागि विदेश मन्त्रालयका पूर्व प्रवक्ता मोर्गन ओर्टागस, इजरायलका लागि ट्रम्पका राजदूत डेभिड फ्राइडम्यान र ट्रम्पको कार्यकालमा संयुक्त राष्ट्रसङ्घका राजदूतका रूपमा काम गरिसकेका केली क्रफ्टको नाम पनि चर्चामा रहेको छ।

त्यसैगरी, ट्रम्पको अर्थमन्त्रीको रुपमा रोबर्ट लाइटहाइजरको नाम चर्चामा छ।

त्यस्तै, अमेरिकी व्यापार र रोजगारी सृजनाको क्षेत्रको प्रतिनिधित्व गर्नेहरूमा ट्रम्पको सङ्क्रमण टोलीको प्रतिनिधित्व गर्ने लिन्डा म्याकमोहनको नाम व्यापार मन्त्रीको रुपमा सबैभन्दा अगाडि छ। ट्रम्पको पहिलो कार्यकालमा लिन्डाले साना व्यापार मामिलाहरूको प्रशासकको भूमिका खेलेकी थिइन्।

त्यस्तै, साउथ डकोटाका गभर्नर क्रिस्टी नोएमको नाम इन्टेरियर मन्त्रीको रुपमा चर्चामा रहेको छ। यस विभागले सार्वजनिक जग्गा र प्राकृतिक स्रोतहरूको व्यवस्थापन गर्दछ।

त्यस्तै, उर्जामन्त्रीको रुपमा डग बर्गमको नाम अगाडि रहेको छ। उनले अमेरिकाको ऊर्जा नीतिमा पनि परिवर्तन गर्ने विश्वास गरिन्छ। उनी एक सफ्टवेयर उद्यमी हुन्, जसले आफ्नो सानो कम्पनी माइक्रोसफ्टलाई २०११ मा बेचेका थिए।

त्यस्तै, ट्रम्प सरकारमा मन्त्री बन्नेमा धेरै चर्चा भएका व्याक्ति हुन् रोबर्ट एफ केनेडी जुनियर। उनलाई वातावरणीय वकिलको रूपमा चिनिन्छ। उनी पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन्।

उनले ट्रम्प सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाउने चर्चा छ। ट्रम्पको ‘मेक अमेरिका हेल्दी अगेन’ अभियान सफल बनाउन उनको भूमिका रहेको बताइन्छ। उनीसँग आफ्नो नामसँग कुनै चिकित्सा योग्यता संलग्न नभए पनि उनले स्वास्थ्य तथा मानव सेवा विभाग, कृषि विभाग, वातावरण संरक्षण एजेन्सी, रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरू, खाद्य तथा औषधी सुरक्षा प्रशासनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने बताइन्छ।

ट्रम्पका प्रखर समर्थकको रुपमा अगाडि आएका केनेडी जुनियर ट्रम्पलाई राष्ट्रपतिमा विजयी बनाउन भूमिका खेल्ने सीमित व्यक्तिमध्ये एक मानिन्छन्।

त्यस्तै, विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्रम्पलाई पुनः निर्वाचित गराउन करोडौं डलर खर्च गरेका छन्। मस्क ट्रम्पलाई खुलेर समर्थन गर्ने सीमित अर्बपति व्यापारीमध्ये एक हुन्।

ट्रम्प निर्वाचित भएपछि अब मस्कले उनका कम्पनीहरू टेस्ला, स्पेसएक्स र एक्सलाई असर गर्ने नियमहरूलाई कमजोर वा आकार दिने र त्यसको लाभ उठाउने आशंका पनि गरेका छन्।

मस्कले ट्रम्प सरकारमा ‘सरकारी दक्षता विभाग’ को नेतृत्व गर्ने यसअघिनै बताएका छन् र ट्रम्पले पनि आफुलाई जिताउन मस्कले खेलेको भूमिकाको सार्वजनिक रुपमा नै प्रशंसा गरेका छन्।

साथै, उनले आफ्नो सरकारमा मस्कलाई ठूलो भूमिका दिने संकेत समेत गरेका छन्। राष्ट्रपति निर्वचित भएपछि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन कुराकानी गर्दा मस्कलाई पनि साथमा राखेर कुरा गरेको प्रसंगले पनि मस्क ट्रम्पको दोस्रो कार्यकालमा ठूलो भूमिकामा हुने बुझ्न सकिन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जापान जाने नेपाली श्रमिकलाई ठगी र उच्च शुल्कबारे सचेत रहन आग्रह
अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

ताजा

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
  • धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
  • एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित
  • शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो
  • निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.