भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू
काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । सोमबार शंकास्पद अतिवादीसँगको भिडन्तपछि जिल्लामा कर्फ्यू लगाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ३ बजे जिरिबामको जाकुराडोर र बोरोबेकरा पुलिस स्टेशन नजिकै रहेको सीआरपीएफ क्याम्पलाई सशस्त्र चरमपन्थीहरूले निशाना बनाएको बताएको छ।
मणिपुर प्रहरीले यस घटनाको बारेमा लेखेको छ, ‘सशस्त्र चरमपन्थीहरूले जिरिबाम जिल्लाको जाकुराडोर क्षेत्रमा अवस्थित एक सीआरपीएफ चौकीमा हमला गरे । त्यसपछि सुरक्षा बलहरूले तुरुन्त जवाफी कारबाही गरे । यो मुठभेड करिब ४० मिनेटसम्म चल्यो र पछि १० सशस्त्र आतङ्ककारीको शव निकालियो ।’
प्रहरीका अनुसार यो भिडन्तमा एक सीआरपीएफ जवान सञ्जीव कुमारलाई गोली लागेको थियो । हाल उनलाई उपचारको लागि असमको सिलचरको मेडिकल कलेज र अस्पतालमा भर्ना गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार जिल्लामा शान्ति कायम गर्न अहिले जिल्लामा कर्फ्यू लगाइएको छ । मणिपुरमा लामो समयदेखि हिंसा भइरहेको छ । यस हिंसामा धेरैले ज्यान गुमाएका छन् भने सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ । यस हिंसालाई लिएर विपक्षी दलहरूले केन्द्र सरकारमाथि लगातार आक्रमण गरिरहेका छन् ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
