भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू
काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । सोमबार शंकास्पद अतिवादीसँगको भिडन्तपछि जिल्लामा कर्फ्यू लगाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ३ बजे जिरिबामको जाकुराडोर र बोरोबेकरा पुलिस स्टेशन नजिकै रहेको सीआरपीएफ क्याम्पलाई सशस्त्र चरमपन्थीहरूले निशाना बनाएको बताएको छ।
मणिपुर प्रहरीले यस घटनाको बारेमा लेखेको छ, ‘सशस्त्र चरमपन्थीहरूले जिरिबाम जिल्लाको जाकुराडोर क्षेत्रमा अवस्थित एक सीआरपीएफ चौकीमा हमला गरे । त्यसपछि सुरक्षा बलहरूले तुरुन्त जवाफी कारबाही गरे । यो मुठभेड करिब ४० मिनेटसम्म चल्यो र पछि १० सशस्त्र आतङ्ककारीको शव निकालियो ।’
प्रहरीका अनुसार यो भिडन्तमा एक सीआरपीएफ जवान सञ्जीव कुमारलाई गोली लागेको थियो । हाल उनलाई उपचारको लागि असमको सिलचरको मेडिकल कलेज र अस्पतालमा भर्ना गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार जिल्लामा शान्ति कायम गर्न अहिले जिल्लामा कर्फ्यू लगाइएको छ । मणिपुरमा लामो समयदेखि हिंसा भइरहेको छ । यस हिंसामा धेरैले ज्यान गुमाएका छन् भने सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ । यस हिंसालाई लिएर विपक्षी दलहरूले केन्द्र सरकारमाथि लगातार आक्रमण गरिरहेका छन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

