• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ जेठ २०८३, मङ्गलबार
१२ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव
  • ७ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : यी प्रदेशमा हावाहुरी चल्न सक्ने, सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

२०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • २० घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • २३ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १ दिन 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १ दिन 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १ दिन 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण

  • २. आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

  • ३. सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

  • ४. वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

  • ५. सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

  • ६. इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

  • ७. भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

  • ८. राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने

  • ९. पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

  • १०. जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

चन्द्रागिरि नगरपालिकामा भारत सरकारको सहयोगमा विभिन्न संरचना निर्माण हुने

जानकारी केन्द्र २०८१, मंसिर, ३

काठमाडाैं । नेपाल सरकार, भारत सरकार र चन्द्रागिरि नगरपालिकाले त्रिपक्षीय रुपमा चन्द्रागिरि नगरपालिका-०६ स्थित चन्दन भराटेश्वर मन्दिर क्षेत्रमा निर्माण गर्ने विभिन्न पूर्वाधारहरूको शिलान्यास गरिएको छ ।

पूर्व निर्धारित मुहूर्तअनुसार सोमबार बिहान चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी र काठमाडाैंस्थित भारतीय दुतावास नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव लगायतले ती पूर्वाधार निर्माणको शिलान्यास गरेका हुन् ।

यसअघि उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संरचना निर्माणको शिलान्यास गर्ने तय भएपनि अन्तिम समयमा कारणवश उनी उपस्थित हुन नसक्ने जनाइएको थियो ।

पूर्वाधार निर्माण कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै चन्द्रागिरि वडा नं. ६ का वडाध्यक्ष संजय सिग्देलले त्रिपक्षीय सहयोगबाट निर्माण हुन लागेकाे गाैरवको आयोजना समयमै निर्माण सम्पन्न गर्नु सबैको दायित्व रहेको बताए । वडाध्यक्ष सिग्देलले चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रमा बन्न लागेका संरचनाहरूका सन्दर्भमा स्थानीय बासीहरूबाट चासो र चिन्ता प्रकट हुनु स्वभाविक रहेको भन्दै उनले सदियाैंदेखिका परम्पारगत कृयाकलापहरूको निरन्तरताका लागि वर्तमानमा हुने विकास निर्माण बाधक बन्न नहुने बताए ।

पुरातात्विक दृष्ट्रीकोणले समेत चन्दन भराटेश्वर मन्दिर क्षेत्रको महिमा व्यापक रहेकोले भविष्यमा यस क्षेत्र धार्मिक पर्यटनको उत्कृष्ठ गन्तव्य बन्न सक्ने वडाध्यक्ष सिग्देलको भनाइ थियो । परियोजना कार्यान्वयन हुनु सबैका लागि गाैरवको विषय रहेको भन्दै उनले निर्माण कार्यको अनुगमन, निरीक्षण र विश्लेषण गर्न सबैमा अनुरोध गरे ।

कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले समयमै भाैतिक संरचना निर्माण भइसक्ने विश्वास व्यक्त गरे ।

कूल लागत ६ करोड ५ लाख ७ हजार ४ सय ६७ रुपैयाँ रहेको परियोजनाका लागि भारत सरकारबाट ४ करोड ३६ लाख ९० हजार ३ सय ३७ रूपैयाँ सहायता प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले  जानकारी दिए । लागत रकमको ३० प्रतिशत रकम चन्द्रागिरि नगरपालिकाले व्यहोर्ने छ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठले संरचना निर्माण स्थानीयबासीले अपनत्व लिँदै निर्धारित समयमै निर्माण सम्पन्न गर्न सरोकारवालाहरूले समेत समन्वयकारी भूमिका खेल्नु पर्ने बताइन् ।

यसैगरी भारतीय दुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले चन्दन भराटेश्वर मन्दिर परिसरमा विभिन्न संरचना निर्माण हुन पाउनु गाैरवको क्षण भएको बताए । नेपालकै पूरानो शिवशक्ति पीठ मध्येको एक पीठ क्षेत्रको स्तरोन्नतिमा भारत सरकारले सहयोग गर्न पाउनु अविस्मरणीय क्षण रहेको उनको धारणा थियो ।

विगत २० वर्षमा नेपाल-भारत सहयोग परियोजनाअन्तर्गत ५६३ वटा साना-ठूला योजना सम्पन्न भइसकेको र त्यसमा ४० वटा योजना काठमाडाैं जिल्ला रहेको श्रीवास्तवले जानकारी दिए ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले चन्दन भराटेश्वर मन्दिर क्षेत्रमा आदिम कालदेखी सञ्चालनमा रहेका क्रियाकलापहरू यथावत् रहने बताउँदै मन्दिर क्षेत्रमा थप व्यवस्थित संरचना बनेसँगै सो स्थल धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुने विश्वास लिएको बताए ।

चन्दन भराटेश्वर महादेव मन्दिरको समेत पुनःनिर्माण हुन अत्यावश्यक रहेकोले हाल निर्माणको चरणमा रहेका पूर्वाधार निर्धारित समयमै सम्पन्न भएमा थप बजेट व्यवस्थापनका लागि भारतीय दुतावाससँग अनुरोध गरिने मेयर गिरीको भनाइ थियो ।

मातातिर्थको विकासका लागि भारत सरकारसँग सहयोगका अनुरोध गरिएको जानकारी दिँदै मेयर गिरीले चन्द्रागिरि नगरमा भारत सरकारबाट अन्य संरचना निर्माणका लागि थप २० करोड रुपैयाँ सहयोगका रूपमा प्राप्त हुने अपेक्षा लिएको जानकारी दिए ।

कार्यक्रममा भारतीय दुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले नगरप्रमुखलाई घनश्याम गिरीसमक्ष परियोजनाका लागि भारत सरकारबाट सहायता गरिने रकमको प्रथम किस्ता बापतको करिब ६० लाख रुपैयाँ रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा चन्द्रागिरि नगरका कार्यपालिका सदस्यहरू, नगर सभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बाजा खलका प्रनिनिधिहरू, स्थानीय बासीहरू लगायतको उपस्थिति रहेको थियो ।

परियोजना अन्तर्गतका विभिन्न संरचना निर्माणका लागि डायना कन्स्ट्रक्सनले जिम्मा पाएको छ । निर्माण हुने संरचनाहरूमा छात्रावास कक्ष, क्लब कक्ष, पठनपाठन कक्ष र सभा कक्ष, भान्सा घर कक्ष, सार्वजनिक शौचालय, छेकबार पर्खाल लगायतका उल्लेख छ ।  आयोजना २०८१ कार्तिक ११ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झाैतामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

ताजा

सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : यी प्रदेशमा हावाहुरी चल्न सक्ने, सतर्कता अपनाउन आग्रह

२०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.