मानवीय त्रुटीले क्यानडाको चिडियाखानामा गुरिल्लाको मृत्यु, राष्ट्र नै शोकमा
टोरोन्टो। मानवीय त्रुटीका कारण क्यानडाको एउटा चिडियाखानामा गुरिल्लाको मृत्यु भएको छ । क्यानडाको अल्बर्टामा मानवीय त्रुटिका कारण एक जवान गोरिल्लाको मृत्यु भएको क्यालगरी चिडियाखानाका अधिकारीहरूले बताएका छन्।
एयारे नामको २ वर्षीय सो गुरिल्ला गत हप्ता एक कर्मचारीको गल्तिले हाइड्रोलिक ढोकाले टाउकोमा प्रहार गरेपछि मरेको थियो । ती कर्मचारीले अन्य गोरिल्लाहरूबाट एयारेलाई अलग गर्न कोशिस गर्ने क्रममा सो घटना घटेको थियो । गोरिल्लाको टाउकोमा चोटपटक लागेर मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।
‘यो त्रासदीले हामी सबैलाई कल्पना गर्न सक्ने गहिरो तरिकामा प्रहार गरेको छ,’ क्यालगरी चिडियाखानाका पशु हेरचाहका निर्देशक कोलिन बेयर्डले एक पत्रकार सम्मेलनमा भने, ‘एयरेको छोटो तर प्रभावशाली जीवनले हाम्रो समुदायमा धेरै आनन्द ल्यायो र उनलाई सबैले गहिरो रूपमा सम्झनेछन्। भविष्यमा यस्ता घटनाहरू रोक्न हामी सक्दो प्रयास गर्नेछौं ।’
क्यानडाका पत्रपत्रिकाले सो गुरिल्लाको मृत्यु पछि देश नै शोकमा परेको उल्लेख गरेका छन् । उनीहरुले यसलाई गम्भिर दुर्घटनाको रुपमा लिएको पनि जनाएका छन ।
सम्बन्धित समाचार
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण