अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
जानकारी केन्द्र
२०८१, मंसिर, १६
कोलम्बो । श्रीलंकामा प्रतिकूल मौसमका कारण १७ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम बंगालको खाडीबाट उत्पन्न ‘चक्रवात फेंगल’ बाट श्रीलंकामा हालसम्म १७ जनाको ज्यान लिइसकेको छ ।
सो बिपदमा परी हालसम्म ३० जना घाइते भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ। उसका अनुसार देशमा विद्यमान प्रतिकूल मौसमका कारण १ लाख ४२ हजार ६२४ परिवारका ४ लाख ७९ हजार ८७१ व्यक्ति प्रभावित हुन पुगेका छन् ।
यसबीचमा १ सय ३ घर पूर्णरुपमा र २ हजार ६ सय ३५ घरमा आंशिक क्षति पुगेको डीएमसीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।
अत्यधिक मौसमी अवस्थाबाट प्रभावित ८ हजार ४ सय ७० परिवारका कुल २७ हजार ५१७ व्यक्तिहरू हाल राहत केन्द्रहरूमा रहेको डीएमसीले जनाएको छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

