०८ फागुन २०८२, शुक्रबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

बाहुबली निर्देशकले महेशबाबुसँग फिल्म बनाउँदै, १ हजार करोड फिल्म २ भागमा

हैदाराबाद। साउथ सुपरस्टार महेश बाबु र फिल्ममेकर एसएस राजामौली अहिलेसम्मकै महँगो प्रोजेक्टमा काम गरिरहेका छन् । यस फिल्मको बारेमा धेरै जानकारी बाहिर आएको छैन, जसका कारण यो फिल्मलाई लिएर मानिसहरु निकै उत्साहित छन् ।

यो फिल्म १००० करोडभन्दा बढीको बजेटमा बन्न लागेको बताइएको छ । भर्खरै एक स्रोतले यो दुई भागको फिल्म फ्रेन्चाइज हुने बताएको छ।

महेश बाबुको यो फिल्मको नाम एसएसएमबी २९ रहेको बताइएपनि फिल्मको नाम परिवर्तन हुन सक्ने बताइएको छ । अहिले राजामौलीको यो १००० करोडको फिल्मको बारेमा आइरहेको जानकारीमा महेश बाबु फिल्मको सुटिङका ​​लागि पूर्णरुपमा तयार रहेको बताइएको छ । केही समय अगाडिसम्म फिल्मको छायांकन २०२५ को फेब्रुअरीबाट सुरु हुने खबर आएको थियो तर पछिल्लो जानकारी अनुसार एसएसएमबी २९ को छायांकन जनवरीमा नै सुरु हुनेछ ।

एसएस राजामौलीको निर्देशनमा बनेको यो फिल्म अहिले प्रि(प्रोडक्सनमा छ, जुन दुई भागको फ्रेन्चाइज हुनेछ। पिंकभिल्लाको रिपोर्ट अनुसार एसएसएमबी २९  को अन्तिम स्क्रिप्ट लक गरिएको छ। फिल्मको कथाको बारेमा कुरा गर्दै एक कार्यक्रममा फिल्मका लेखक तथा राजामौलीका बुवा विजयेन्द्र प्रसादले कथालाई पूर्णरुपमा विकास गर्न करिब २ वर्ष लागेको बताएका थिए । फिल्ममा महेश बाबुको चरित्र भगवान हनुमानबाट प्रेरित हुने बताइएको छ ।

रिपोर्टका अनुसार एसएसएमबी २९ को बजेट १ हजार करोड हुन सक्छ, तर तेलगु ३६० का अनुसार फिल्मका निर्माता केएल नारायणले पैसामा कुनै प्रतिबन्ध लगाएका छैनन्। फिल्मको चर्चामा राजामौलीले यो फिल्मलाई ग्लोबल लेभलको बनाइने छ, त्यसैले यसको बजेट अझ बढी हुन सक्ने अनुमान गरिएको छ । फिल्ममा महेशबाबु बाहेक अरु को को रहनेछन भन्ने कुरा अहिले पुष्टि नभए पनि यसमा धेरै अन्तर्राष्ट्रिय कलाकार र क्रु मेम्बरको संलग्नता हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

२०८२ फागुन ०९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

स्वास्थ्य जीवनका लागि सहि तरिकाले कसरी सुत्ने,यस्तो छ तरीका

एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
  • दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी
  • स्वास्थ्य जीवनका लागि सहि तरिकाले कसरी सुत्ने,यस्तो छ तरीका
  • एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी
  • अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.