बंगलादेशमा नोभेम्बरसम्ममा निर्वाचन गराउने मोहम्मद युनुसको घोषणा
ढाका । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा हुने आम निर्वाचनको सन्दर्भमा महत्वपूर्ण घोषणा गरेका छन् ।
युनुसले बंगलादेशको आम चुनाव २०२५ को अन्त्य र २०२६ को पहिलो ६ महिनाको बिचमा हुनसक्ने बताएका छन । राजनीतिक दलहरुबाट चुनाव गराउन दबाब बढिरहेको बेला युनुसले यो प्रारम्भिक जानकारी दिएका हुन् ।
युनुसले सोमबार १६ डिसेम्बरमा सरकारी टेलिभिजनमा सम्बोधन गर्दै निर्वाचनको सम्भावित मितिबारे जानकारी दिए । उनले भने, ‘आवश्यक निर्वाचन कानुन र प्रकियामा सुधार गरेर मात्र निर्वाचन हुनुपर्नेमा मैले सधैं जोड दिएको छु ।’
युनुसले राजनीतिक दलहरूले सही मतदाता नामावली र अन्य आधारभूत सुधारका लागि सहमत भए सन् २०२५ नोभेम्बरको अन्त्यसम्ममा निर्वाचन हुनसक्ने बताए । तर, सुधारको सम्पूर्ण सूची कार्यान्वयन भएमा निर्वाचन केही महिना ढिलो हुन सक्ने उनको भनाइ छ ।
७७ वर्षीय पूर्व प्रधानमन्त्री शेख हसिनाले जुलाई २०२३ मा हिंसात्मक विद्यार्थी आन्दोलनका कारण अगस्ट ५ मा राजीनामा दिनु परेको थियो । हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री निवासतर्फ मार्च गरेपछि हसिनालाई भारतको अगरतला र त्यसपछि दिल्ली नजिकै गाजियाबादको गोप्य एयरबेसमा लगिएको थियो। शेख हसिना हाल भारतको एक अज्ञात स्थानमा बस्दै आएकी छिन् । उनको राजीनामापछि अगस्ट ८ मा मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको थियो ।
मोहम्मद युनुसले आफ्नो सम्बोधनमा निर्वाचन सुधार अन्तरिम सरकारको प्राथमिकता रहेको स्पष्ट पारेका छन । उनले सुधारका माध्यमबाट निर्वाचन प्रक्रियालाई थप पारदर्शी र निष्पक्ष बनाइनेसमेत बताए ।
शेख हसिना सरकारको पतनपछि बंगलादेशमा राजनीतिक अस्थिरता बढेको छ । आगामी निर्वाचनको घोषणाले राजनीतिक दलबीच वार्ताको सम्भावना बढेको छ । तर, अहिलेको सबैभन्दा ठूलो चुनौती निर्वाचन सुधार र त्यसको समयसीमामा सहमति जुटाउने हो ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
