जेएमईभीको पहिलो मोडल सार्वजनिक, यस्तो छ मुल्य र विशेषता
काठमाडौं – जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोवाइल्स प्रालिले दरबारमार्गमा नयाँ शोरुम सहित जेएमईभीको पहिलो मोडल सार्वजनिक गरेको छ । जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोबाइल्स प्रा।लि।ले यो नयाँ विद्युतीय सेडान कारको मुल्य ५३ लाख ९९ हजार निर्धारण गरेर बिक्री सुरु गरेको हो । यो नयाँ विद्युतीय कारमा ४९ किलोवाट आवरको ब्याट्री तथा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने दाबी गरिएको कारको ग्राउन्ड क्लिरियन्स १७० मिलिमिटर छ । 
जिएसईमा प्यानारोमिक मुनरुफ, १०।२५ र १२।३ इन्चको पानारोमिक एचडी ड्यूल स्क्रिन, ३६० डिग्री क्यामेरा, मिशेलिन टायर, सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रीक डोर ह्याण्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट जस्ता विशेषता पाउन सकिन्छ ।
जेएमईभी नेपालमा उपलब्ध हुनुले दिगो गतिशीलता प्रवर्द्धन र नेपाललाई हरित ऊर्जातर्फ लैजाने, शौर्य अटोमोबाइल्सको प्रतिबद्धतालाई बलियो बनाएको छ। सार्वजनिक समारोहमा बोल्दै, शौर्य अटोमोबाइल्स प्रा। लि। का कार्यकारी निर्देशक निर्देशक श्री अखिल गुप्ता ले भने‘जेएसई’ कुनै साधारण गाडी मात्र होइनस यो नवपर्यावहन, विलासिता, र जिम्मेवारीको प्रतीक हो। यसको अतुलनीय विशेषताहरू र प्रदर्शनले यसलाई वास्तवमैसर्वाधिक मूल्यवान प्रिमियम सेडानको रूपमा को रूपमा स्थापित गरेको छ। हामी यो विश्वव्यापी भ्ख् नेपालमा ल्याउन पाउँदा उत्साहित छौं।

सम्बन्धित समाचार
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

