यो वर्ष धेरै चिसो नहुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ । मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिनुहुँदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान गरिएको बताएका हुन् ।
मौसमविद् अधिकारीले भने, “यो हिउँदमा सरदरभन्दा चिसो कम हुने अनुमान गरिएको छ । तीन महिनाको समग्र हावापानीको कुरा गर्नुपर्दा औसतभन्दा अलिकति कम चिसो हुने पूर्वानुमान छ ।”
बुधबार जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौं उपत्यकामा पुस ४ गतेसम्म न्युनतम तापक्रम दुई डिग्री सेल्सियसम्म मात्र पुगेको छ । बिहीबार बिहान लुम्बिनी, मधेश र कोशीमा हुस्सु लागेको अवस्था थियो । तर, दिउँसो हुस्सु तथा कुहिरो हटेर दैनिकी सहज बनेको छ ।
उनले आगामी तीन दिनमा ठूलो मौसमी परिवर्तन हुने सम्भावना नदेखिएको बताए । शुक्रबार छिटफुट हिमपातको सम्भावना रहेपनि मौसममा ठूलो किसिमको परिवर्तन नहुने उनको भनाइ छ ।
उनका अनुसार हिउँदयाममा धेरै हिउँ पर्नुपर्ने भए पनि यो वर्ष पश्चिमी वायुको प्रभाव बढी हुँदा चिसो कम हुने देखिएको हो ।
सम्बन्धित समाचार
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

