प्रयागराज महाकुम्भमा पहिलो पटक अन्डरवाटर ड्रोनको प्रयोग
नयाँदिल्ली । महाकुम्भ २०२५ ले विश्वभरका भक्तहरूलाई अनुपम अनुभव प्रदान गर्नेछ, जो एक सय २४ बर्ष पछि प्रयागराजमा लागिरहेको छ । यसपटक सुरक्षा र सहयोगका लागि विशेष गरी नदीमा डुबेर बच्न विशेष उपायहरु अपनाइएको छ । उत्तर प्रदेश प्रहरी र प्रशासनले नदी किनारमा गहिरो पानी अवरोध, नदी लाइन, जेट्टी, पानीमुनि ड्रोन र विशेषज्ञ गोताखोरहरू तैनाथ गरेका छन्।
हिजो परीक्षण गरिएको महाकुम्भमा पहिलोपटक अन्डरवाटर ड्रोन प्रयोग गरिएको हो । यो ड्रोन गहिरो पानीमा रहेका वस्तु वा मानिसको पहिचान गर्न सक्षम छ। यस प्राविधिक उपायबाट गहिरो गोताखोरको सहयोगमा कुनै पनि आपतकालीन अवस्थामा तुरुन्तै पुग्न सम्भव हुनेछ । महाकुम्भमा श्रद्धालु भक्तजनको सुरक्षालाई ध्यानमा राखी कुनै पनि दुर्घटना भएमा तत्काल समाधान गर्न यो कदम चालिएको हो ।
प्रयागराज पूर्व क्षेत्रका डीआईजी डा. राजीव नारायण मिश्रले भने, ‘यूपी सरकारले २०२५ को महाकुम्भलाई सफल बनाउन नयाँ प्रविधिको प्रयोग गरिरहेको छ। र, त्यसैको स्वरुप पहिलो पटक अन्डरवाटर ड्रोन तैनाथ गरी परिक्षण गरिएको छ । यसले गहिरो पानीमा वस्तु वा मानिस देख्न सक्छ र गहिरो गोताखोरको सहयोगमा सम्भावित दुर्घटनास्थलमा तुरुन्तै पुग्न सक्नेछ ।’
डिजिटल महाकुम्भ भिजनको एक भागको रूपमा, एआई जेनेरेटिभ च्याटबोट प्रविधि पहिलो पटक प्रस्तुत गरिएको हो। प्रयोगकर्ताहरूले केवल क्युआर कोड स्क्यान गरेर आफ्नो फोटोसहित एक व्यक्तिगत महाकुंभ प्रमाणपत्र प्राप्त गर्न सक्छन्।
एआई च्याटबोटले महाकुम्भको हरेक कार्यक्रम र प्रमुख कार्यक्रमको बारेमा पूर्ण जानकारी पनि दिन्छ। एआई च्याटबोटलाई हिन्दी, अङ्ग्रेजी, तमिल, तेलुगु, कन्नड, मलयालम, गुजराती, मराठी, पञ्जाबी, बंगाली र उर्दू गरी ११ भाषाहरूमा प्रयोगकर्ताहरूलाई सहयोग गर्न डिजाइन गरिएको हो। कुनै पनि भक्तजनले आफ्नो मनपर्ने भाषामा जवाफहरू प्राप्त गर्न सक्छन्।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


