सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान
सञ्जय मिश्रा / रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीका तीनजना जवानले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको छ। सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको ती प्रहरी जवानहरुले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको हो।
प्रादेशिक अस्पताल गौरमा सुत्केरी गराउन परोहा नगरपालिका वडा ४ लौकाहाकी जोबैदा खातुन बुधवार भर्ना भएकी थिइन्।
सुत्केरी भएपछी महिला खातुनलाई रगतको अति आवश्यक भएको र रगत उपलब्ध नहुँदा डाक्टरको अनुरोधमा तीनजना जवानलाई प्रादेशिक अस्पताल गौरको ब्लड बैकमा पठाएर रक्तदान गराईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमीले अस्पतालमा भर्ना कुनै बिरामीलाई रगतको अभाव भएपछी अन्य बिकल्प नहुँदा डाक्टरको अनुरोधमा सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा बाट सशस्त्रका जवानहरू आएर पटक पटक रक्तदान गर्दैआएको बताएका छन्। रौतहटमा सशस्त्र प्रहरी प्रमुखको रूपमा एसपी बिक्रम हुमागाईं आएदेखिनै यहाँ सशस्त्र प्रहरी दैवीप्रकोप लगायत मानवीय सेवामा बिशेष सक्रियता देखाएका छन्।
सम्बन्धित समाचार
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

