Jankari Kendra
२२ श्रावण २०८३, शुक्रबार
Worldlink

के हाम्रो समाजमा मायाको अर्थ फेरिएको हो र?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७३, जेष्ठ, २
के हाम्रो समाजमा मायाको अर्थ फेरिएको हो र?

रोशन पोखरेल

माया भन्ने शव्दले ममतालाई जनाँउछ तर आज यसको
अर्थले बाटो बदलिएको जस्तो छ। आमाको मायाबाट सुरू
हुने मायाको अन्त्य कहाँ हुन्छ भन्न निकै कठीन छ तर हाल
मायाको नाम पैसासँग जोडीन पुगेको छ। पैसा जो सँग छ
ऊ मायाको खानी नत्र घरमा थन्क्याइएको थोत्रो सामान सरी
भएको छ। हाल नेपालमा पश्चीमी शैलीको प्रभाव मायामा जताततै
देख्न सकिन्छ। सात जुनी जिउने कसम खानेहरूले सात महिना
टिकाउन नसक्ने स्थिती देखिएको छ।
 सम्बन्ध दुई आत्माको मिलन हो भनेर भन्ने गरिन्छ तर आज यसरी
सम्बन्धहरूमा फाँट आइरहेछ कि लाग्छ एकदिन हरियो वन नेपालको
धन भनेझै इतिहासमा मात्र सिमीत रहनेछ। एक आपसमा सम्बन्ध त
एक सिक्काको दुई पाटा सरी हुनु पर्ने हो तर यसो हेर्दा लाग्छ यो त काँच
सरी भएको छ, कुन बेला झर्छ र फुत्छ।
Top Changing Nepal

युट्युब सट्स