काठमाडौँ । बालबालिकाहरु सानै उमेर देखि चञ्चले स्वभाबका हन्छन् । मानसिक रुपमा उनिहरुको पुर्ण रुपमा बिकास भएको हुदैन । यो अवस्थामा हुदाँ उनिहरुलाई पढ्न मन नगर्ने,बाबु आमाले भनेको नमान्ने, आफ्लाई चाहिएको कुरा पुरा नगर्दिए सम्म रुने कराउने जस्ता ब्यवहार देखाउछन् । यो अवस्थामा अभिभाबकले आवेशमा आाएर गालि गर्ने कुट्ने जस्ता काम गर्नुहुदैन । यस्तो काम गर्दा बालबालिको मानसिक रुपले असर पर्न जान्छ । बालबालिकाले आफ्नो घरमा भन्दा बढि समय विद्मालयमा बिताउने हुनाले शिक्षकहरुले पनि बालबालिकालाई डर दखाउने , धम्कि देखाउन र पिट्ने गर्नाले उनिहरुमा हिनता बोध हुन सक्छ ।
दण्ड सजायको वातावरणमा हुर्किरहेका बालबालिकाको मष्तिस्कमा नकारात्मक असर पर्न गई मानसिक विकासमा बाधा पुग्ने हुनाले उनिहरुको बौद्धिक क्षमतामा पनि असर पर्न सक्छ । बालबालिकालाई यातना वा दण्ड सजाय दिएमा उनिहरुको गल्ति र पिडालाई मात्रै मनन् गर्दछन् । त्यसै कारणले उनिहरुले आफ्नो पढाईमा ध्यान दिन नसक्ने हुन सक्छ ।
युनिसेफ संस्थाको भनाई अनुसार आवेशमा बालबच्चा प्रति गरेका नराम्रा ब्यवहारले बालबालिकामा ठुलै चोटपटक लाग्ने वा अंगभंग हुने र कुनै अवस्थामा त उनिहरुको मृत्यु समेत हुने सम्भावा रहेको पाईन्छ । त्यसैले दण्ड सजायको असर बालबालिका लाई मात्रै नभई अभिभावकलाई पनि पर्न सक्ने देखिन्छ । सु्रुमा आवेशमा आएका बेलामा गरेका नराम्रा ब्यवहारहरु अभिभावकलाई नै पछुतो पनि हुन सक्छ ।
अत : बालबालिकाले जे जस्तो ब्यवहार गरे पनि आवेशमा नआई उनिहरुले भनेको मान्ने,भनेका कुराहरु सुन्ने,गर्न नहुने कुरा छ भने राम्ररी सम्झाउने गरेमा बालबालिको अझ मनोवल बढ्न सहयोग पुग्ने देखिन्छ ।





