हुन्डाई आयोनिक ५ ईभीले सबैभन्दा धेरै उचाइ र गहिराइमा पुगेर गिनिज वर्ल्ड रेकर्ड कायम गर्यो
काठमाडौँ । हुन्डाई मोटर कम्पनीको आयोनिक ५ ले चर्चित गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा उचाइमा पुग्ने विद्युतीय कारको कीर्तिमान प्रयासमा सहभागी भएको छ। इभो इन्डियाका ड्राइभरहरूको व्यावसायिक टिम सहभागी भएर सबैभन्दा धेरै उचाइ र गहिराइमा पुग्ने प्रयास स्वरूप हुन्डाई आयोनिक ५ ईभीले रेकर्ड कायम गरेको हो । कम्पनीका अनुसार हुन्डाई मोटर इन्डिया लिमिटेडले ५ हजार ८०२ मिटरको उचाइमा आयोनिक ५ पुर्याएर यो कीर्तिमान कायम गरेको हो। उक्त यात्रा भारतको लि लद्दाखस्थित उम्लिङको सवारी चलाउन सकिने उच्च विन्दुबाट सुरु भएको थियो ।

उक्त असाधारण उपलब्धिका लागि ४ हजार ९०० किलोमिटरको सहज र जटिलतासहितको यो यात्रा १४ दिनमा पूरा गरेको कम्पनीले बताएको छ । चुनौतीपूर्ण भौगोलिक बनावट र मौसमको अवस्थामा पनि आयोनिक ५ मा भएको लचिलोपन, एड्भान्स टेक्नोलोजी र सुपेरियर पर्फमेन्सका कारण यो सबै सम्भव भएको कम्पनीको भनाइ छ । यसबाट हुन्डाई आयोनिक ५ ले इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा एक बेन्चमार्क स्थापित गरेको छ ।
सो अवसरमा हुन्डाई मोटर इन्डिया लिमिटेडका म्यानेजिङ डाइरेक्टर अन्सु किमले हुन्डाई आयोनिक ५ले विद्युतीय कारद्वारा सबैभन्दा ठूलो उचाइ परिवर्तनको गिनिज वर्ल्ड रेकर्ड हासिल गरेर इतिहास रचेको देख्दा गौरवान्वित भएको बताए । उनले भने, ‘यो उपलब्धि आयोनिक ५ को नवीनता, प्राविधिक उत्कृष्टता र दिगोपनप्रतिको अडिग प्रतिबद्धताको प्रमाण हो । यस्तो चरम अवस्थाहरूमा आयोनिक ५ को प्रदर्शनले यसको इन्जिनियरिङ दक्षता र स्थायित्व प्रतिबिम्बित गर्छ ।हुन्डाईमा, हामी सधैँ सीमाहरूलाई चुनौती दिन र ई–मोबिलिटीमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्न प्रतिबद्ध छौं, र यो रेकर्डले हाम्रो ‘प्रोग्रेस फर ह्युमानिटी’ को दृष्टिलाई अझ सुदृढ बनाएको छ।’

सम्बन्धित समाचार
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

