अपडेटः १७७ को ज्यान लैजाने दक्षिण कोरियाली बिमान चरासँग ठोक्किएको अनुमान
सियोल । दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा १७७ जनाको मृत्यु भएको छ । दुई जना बाँचेकालाई बिमानको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी रहेको कोरियाको आपत्तकालिन बिभागले जनाएको छ ।
जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० उडानमा ६ बिमान कर्मचारीसहित १८१ जना सवार थिए र थाइल्याण्डको बैंककबाट मुआन विमानस्थलमा आइपुगेको थियो। त्यही बेला बिमान अनियन्त्रित भएर पर्खालमा ठोक्किन पुगेको थियो ।
उद्दार अधिकारीहरूका अनुसार भग्नावशेषमा शबहरू खोजी जारी राख्दा पीडितका परिवारहरू विमानस्थलमा भेला भएका छन् । अनलाइन फुटेजमा विमान रनवेबाट बाहिर निस्केको र भित्तामा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसमा एक्कासी आगो लागेको थियो ।
बिमान कसरी दुर्घटना भयो भन्ने कुनै कारण पुष्टि भएको छैन, तर फायर सर्भिसले भने चराहरूसँगको टक्कर र खराब मौसमका कारण बिमान रन वेवाट चिप्लिएको हुन सक्ने आंकलन गरेका छन ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

