• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १८ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १८ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • २० घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • २१ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • २१ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • २४ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • २. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ७. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • ८. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै

  • १०. नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

डिसेम्बरमा मात्रै ६ ठूला विमान दुर्घटना, लग्यो २३४ जनाको ज्यान

जानकारी केन्द्र २०८१, पुष, १५

काठमाडौं । हिजो १८१ यात्रु बोकेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो, जहा १७९ यात्रुसहितले ज्यान गुमाएका थिए । नयाँ वर्ष २०२५ को आगमन अघि डिसेम्बर २०२४ को महिना एयरलाइन्सका लागि भने निकै दुःखद साबित भयो । यस महिना भित्र ठुला ठुलासहित धेरै जहाजहरू दुर्घटनामा परेका छन ।

यस महिना अर्थात २९ डिसेम्बर २०२४ भित्र यस बिचमा ६ वटा ठूला विमान दुर्घटना भएका छन्, जसमा जम्मा २३४ जनाको मृत्यु भएको छ । यस्तो अवस्थामा अब हवाई क्षेत्रमा सुरक्षा प्रोटोकल र प्राविधिक समस्यामाथि प्रश्न उठ्न थालेको छ।

दक्षिण कोरियामा दुर्घटना

दक्षिण कोरियाको मुआन इन्टरनेशनलमा भएको विमान दुर्घटनामा १७९ जनाको ज्यान गएको छ भने दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै निकालेका थिए । बैंककबाट फर्किएको यस विमानको गियर अवतरणका क्रममा नखुले पछि धावनमार्गबाट ​​चिप्लिएर कंक्रीटको बारसँग ठोक्किन पुगेको  प्रारम्भिक रिपोर्टमा उल्लेख छ । जेजु एयरको इतिहासमा पहिलो घातक दुर्घटना सन् २००७ मा  भएको थियो ।

जेजु एयरद्वारा सञ्चालित बम्बार्डियर क्यू४०० उडान तीव्र हावाका कारण दक्षिण बुसान गिमहे विमानस्थलको धावनमार्गबाट ​​बाहिरिएको थियो। उक्त विमानमा ७४ जना सवार थिए भने एक यात्रु घाइते भएका थिए ।

अजरबैजान एयरलाइन्स दुर्घटना

यसअघि २५ डिसेम्बर २०२४ मा अजरबैजान एयरलाइन्सको एम्ब्रेयर इआरजे १९० एआर विमान कजाकिस्तानको अक्ताउ एयरपोर्ट नजिकै दुर्घटनाग्रस्त भएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो। यो विमान बाकुबाट ग्रोज्नीका लागि उडेको थियो । प्राविधिक समस्या र खराब मौसमका कारण यसलाई डाइभर्ट गर्नु परेको थियो । ग्रोज्नी एयरपोर्टमा अवतरण गर्ने धेरै प्रयास पछि विमान अन्ततः अक्ताउ एयरपोर्ट नजिकै जमिनमा ठोक्कियो। यसमा ६७ यात्रु सवार थिए । बाह्य हस्तक्षेपका कारण यो दुर्घटना भएको एयरलाइन्सले जनाएको छ ।

ब्राजिल विमान दुर्घटना

गत डिसेम्बर २२ मा दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको थियो । उक्त विमानमा सवार ब्राजिलका व्यापारी लुइज क्लाउडियो गालेज्जीको श्रीमती, तीन छोरी र अन्य आफन्तसहितको दुर्घटनामा मृत्यु भएको हो । अवतरणको समयमा विमान यस भवनको चिम्नी, घर र पसलमा ठोक्किएको थियो । उक्त घटनामा सो स्थानमा रहेका १७ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

पपुवा न्यू गिनी विमान दुर्घटना

उत्तरी तटीय उड्डयनद्वारा सञ्चालित एक आइल्याण्डर २२ डिसेम्बरमा पपुवा न्यू गिनीमा दुर्घटनाग्रस्त भयो, जसमा सबै ५ जनाको मृत्यु भयो। यो विमान वासु एयरपोर्टबाट ला नादजाबको लागि चार्टर उडानमा थियो। भोलिपल्ट यो विमानको भग्नावशेष फेला पर्यो तर कोही पनि बाँचेनन् । यस घटनाको अनुसन्धान अझै जारी छ।

अर्जेन्टिना विमान दुर्घटना

बम्बार्डियर च्यालेन्जर ३०० अर्जेन्टिनाको सान फर्नान्डो एयरपोर्ट नजिक दुर्घटना हुँदा दुबै पाइलटको मृत्यु भएको छ। विमान पुन्टा डेल एस्टे विमानस्थलबाट सान फर्नान्डोका लागि उडेको थियो । अवतरण पछि विमान रनवे ओभरसट भयो र बारसँग ठोक्कियो, जसको कारण विमानमा आगो लाग्यो। विमानको देब्रे भाग फुट्यो र पाइलटको आगोमा मृत्यु भयो।

अमेरिकन बिमान दुर्घटना
कामाका एयर एलएलसीद्धारा संचालित कामाका एयर होनोलुलुको ड्यानियलअन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा दुबै पाइलटको मृत्यु भयो। एटीसी सञ्चारका अनुसार उडेको केही समयपछि विमानले नियन्त्रण गुमायो र भवनमा ठोक्कियो । तालिमका क्रममा यो घटना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.