• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ बैशाख २०८३, बिहीबार
२४ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
  • १४ घण्टा 

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
  • १५ घण्टा 

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
  • १५ घण्टा 

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • २० घण्टा 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • २१ घण्टा 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • २२ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • २२ घण्टा 

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • ३. नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात

  • ४. नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै

  • ५. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ६. देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • ७. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

  • ९. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • १०. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

खनिज उत्खननमा चीनको १३ अर्ब डलर लगानी, ६० प्रतिशत तामा मात्रै उत्खनन्

जानकारी केन्द्र २०८१, पुष, १९

न्युयोर्क । विश्वलाई हरित ऊर्जातर्फ लैजान र स्मार्ट टेक्नोलोजीका लागि डाटा सेन्टरहरू निर्माण गर्न खनिजहरूको ठूलो मात्रा आवश्यक पर्ने गर्दछ। तर, यो कुरा बुझेको उत्तरी छिमेकी चीनले यी खनिजहरूमा निरन्तर आफ्नो पकड बलियो बनाउँदै लगेको छ ।

चिनियाँ कम्पनीहरूले धेरै महत्त्वपूर्ण खनिजहरूमा आफ्नो प्रभुत्व बढाउँदै विश्वव्यापी रूपमा ठूला खानीहरूमा लगानी गरिरहेका छन्। यो अवस्था पश्चिमी देशहरूका लागि मात्र चिन्ताको विषय होइन, विश्वव्यापी आपूर्ति शृङ्खलामा यसको प्रभाव पर्ने सम्भावना पनि उत्तिकै बढेको छ।

आजको विश्व अर्थतन्त्रमा विशेष गरी हरित ऊर्जा र स्मार्ट प्रविधिमा खनिजहरूको भूमिका धेरै महत्त्वपूर्ण रहेको छ। यसलाई राम्ररी बुझेको चीनले खनिज सम्पदामा आफ्नो पकड बलियो बनाउन सुरू गरेको हो, जो रोकिने अझै देखिदैँन् ।

गत वर्ष चिनियाँ कम्पनीहरूले विश्वव्यापी खानीहरूमा करिब १६ अर्ब डलर लगानी गरेका थिए, जुन पछिल्लो दशकमा सबैभन्दा ठूलो लगानी मध्ये एक हो। यसमा अफगानिस्तान, घाना र जाम्बियाजस्ता देशहरूमा तामा, सुन र अन्य खनिजहरूको खानीहरू समावेश रहेका छन्।

चीनले तामा जस्ता खनिजहरूमा विशेष ध्यान दिएको छ, जुन विद्युतीय सवारी साधन र हरित ऊर्जासँग सम्बन्धित उपकरणहरूको लागि महत्त्वपूर्ण मानिन्छ छ। सन् २०२३ मा चिनियाँ कम्पनीहरूले आफ्नो कुल विदेशी लगानीको ६० प्रतिशत तामा उत्खननमा लगाएका छन् ।

यसबाहेक विद्युतीय सवारी साधनको ब्याट्रीका लागि आवश्यक लिथियम र कोबाल्टजस्ता खनिजमा चिनियाँ कम्पनीको लगानी पनि निरन्तर बढिरहेको छ । उदाहरणका लागि गेनफेन लिथियमले अर्जेन्टिनादेखि अस्ट्रेलियासम्म आफ्नो खनिज भण्डार विस्तार गरेको देखिएको छ ।

चिनियाँ खानी कम्पनीहरू अहिले विश्वको सबैभन्दा ठूलो खनिज उत्पादकहरूमा गनिन थालेका छन । सर्बियादेखि सुरिनामसम्म खनिज सम्पदाको स्वामित्वमा रहेको जिजिन माइनिङले अब बिएचपीजस्ता खनन दिग्गजहरूको बराबरीमा उत्पादन गरिरहेको छ।

सीएओसी अर्को चिनियाँ कम्पनी, जो अहिले विश्वको सबैभन्दा ठूलो कोबाल्ट उत्पादक कम्पनिको रूपमा दरिएको छ ।

चीनले यी खनिजको उत्पादन मात्रै बढाउँदैन, आफ्नो स्वदेशी उद्योगका लागि पनि प्रयोग गरिरहेको छ । गत वर्षको पहिलो ९ महिनामा चीनले १२ प्रतिशत बढी तामा, २१ प्रतिशत बढी कोबाल्ट र २० प्रतिशत बढी बक्साइट आयात गरेको थियो । यी खनिजहरू चीनमा ब्याट्री, सौर्य प्यानल र विद्युतीय सवारी साधनको उत्पादनमा प्रयोग भइरहेका छन्।

यी सबै खनिजहरूले चीनको ठूलो उद्योगको आवश्यकताको लागि धातु उत्पादनको आधारलाई बढवा दिने गर्दछ, जुन अन्य कुनै पनि देशको तुलनामा धेरै अगाडि छ। परिष्कृत खनिजहरूको कुरा गर्दा चीनले विश्वव्यापी आपूर्तिमा करिब ६० प्रतिशत ब्याट्री (ग्रेड लिथियम) ६५ प्रतिशत निकल, ७० प्रतिशत कोबाल्ट र ९० प्रतिशत दुर्लभ तत्वहरू नियोडियमियम आपूर्ति गरिरहेको छ ।

केही चिनियाँ उत्खनन कम्पनीहरू आपूर्ति श्रृंखलामा थपिदै गएका छन्, जस्तै जिजिनले पनि तामाको पाता बनाउँछ। यी धातुहरू चीनका कारखानामा प्रयोग गरिन्छ, जसले विश्वका करिब आधा विद्युतीय सवारी साधनहरूमा ८० प्रतिशत लिथियम–आयन ब्याट्रीहरू र सौर्य प्यानलहरू बनाइरहेका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

ताजा

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.