रौतहटमा इ रिक्सावालले यात्रु बाेक्न छाडेर काँचा दाउरा थाले बोक्न
राैतहट । जाडो बढेसँगै रौतहटको जङ्गलमा काँचा सालका लास र काट्नेको लर्को लाग्न थालेको छ ।
वन कर्मचारीले नियमित रूपमा बन गस्ती नगरेका कारण पछिल्लो समय रौतहटको वनबाट काटिने क्रम तीब्र रुपमा बढेको छ ।
पछिल्लो समय यात्रु बोक्ने ई-रिक्सा र साइकलमा काँचा लाचरा काटेर लानेहरूको संख्या बढ्दै जान थालेको छ । चाँदी खोला पूर्वको रेलवे ड्याममा दैनिक सयौं साइकल र रिक्सा काचा दाउरा काट्दै गरेको देख्न सकिन्छ ।
जिल्लाको दक्षिणी भेगबाट साइकल ई रिक्सामा आउने सर्वसाधारणले रेलवे ड्याममा साइकल र इ रिक्सा राखेर जङ्गलभित्र छिरी काँचा लाथ्रा काटेर लाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
पछिल्लो समय यात्रु बोक्नुपर्ने रिक्साहरू धेरै कमाई हुने लोभमा जङ्गल छिरेर काठ दाउरा ल्याएर बिक्री वितरण गर्दै आएका छन् । एक रिक्सा दाउरा पछिल्लो समय चन्द्रनिगाहपुरको बजारमा ३५०० देखि ४००० सम्ममा बिक्री हुने भए पछि यात्रु बोक्न छोडेर रिक्साहरु काँचाँ दाउरा बोक्न थालेका हुन् ।
रिक्सा र साइकल वालाका कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानको राष्ट्रिय वनमा व्यापक रूपमा हानि नोक्सानी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश शाहले डिभिजन वन कार्यालयका कर्मचारीको आँखा छलेर रिक्सा र साइकलमा दाउरा लगेको हुन सक्ने बताएका छन् ।
दाउरा सहित फेला परेका रिक्साहरूलाई वन कर्मचारीले जरिवना गरेर छाड्ने गरेको शाहले बताए । जाडो याम सुरु हुना साथ साइकल र रिक्सामा वनमा प्रवेश गर्नेहरूले काँचा सालका लाथ्राहरु काटिएर लाने गरेका कारण वनमा हानि नोक्सानी बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले चिन्ता जाहेर गरेका छन् ।
विगत लामो समयदेखि वन कर्मचारीहरूले नियमित रूपमा वन गस्ती गर्न छाडेर दिनभर डिभिजन वन कार्यालयमै बस्ने गरेका कारण जिल्लाको वनमा हानि नोक्सानी बढेको स्थानीयले आरोप लगाउँदै आएका छन् । डिभिजन वन कार्यालय रौतहटले भने नियमित रूपमा गस्तीमा सहभागी नहुने वन कर्मचारीहरूको सरुवा गर्नेदेखि उनीहरुलाई नसियत दिने काम समेत भइरहेको दाबी गर्दै आएको छ । रौतहटको वनमा स्थानीय वन कर्मचारीकै कारण हानि नोक्सानी बढेको भन्दै वन कर्मचारीको आलोचना हुँदै आएको छ ।
सम्बन्धित समाचार
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

