ब्राजिलले बिधालयमा लगायाे स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने
रियो दि जिनरियो । ब्राजिलले बिधालयमा स्मार्ट फोनमा प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।
तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपाङ्गता भएका र फरक क्षमताका बिधार्थीहरूलाइ भने यो नयाँ नियमले अप्ठयारो पार्ने जनाएका छन् ।
उता, शिक्षा मन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन भने हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कूलमा स्मार्टफोनको प्रतिबन्धले अभिभावकलाई अब सजिलो बनाउनेछ।’
‘हामी ती उपकरणहरू अन्य धेरै देशहरूमा जस्तै कक्षामा शैक्षिक उद्देश्यका लागि र शिक्षकको मार्गदर्शनको साथ प्रयोग गर्न चाहन्छौं,’ सान्तानाले अगाडी भने ।
सन २०२३ सम्ममा ब्राजिलका दुई तिहाइ विद्यालयहरूले सेलफोन प्रयोगमा केही प्रतिबन्ध लगाएका थिए भने जबकि २८ प्रतिशतले यसअघि नै पूर्ण रूपमा प्रतिबन्ध लगाएको ब्राजिलको इन्टरनेट स्टीयरिङ समितिले गत अगस्टमा जारी गरेको सर्वेक्षणमा उल्लेख गरिएको थियो ।
अब सरकारले नै पुर्ण प्रतिबन्ध लगाउँदै स्मार्टफोन लिएर बिधालय आउन दिएको भेटिएमा कारबाही गर्ने पनि नयाँ कानुनमा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
