अमेरिकाको लस एन्जलसमा फेरि फैलियो डढेलो
जानकारी केन्द्र
२०८१, माघ, १०
काठमाडौँ । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा फेरि डढेलो लागेको छ। हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ। बीबीसीका अनुसार यो आगलागी कास्टेइक तालनजिकैको पहाडी क्षेत्रमा भएको हो। जुननजिकै धेरै आवासीय क्षेत्र र विद्यालय छन्।
आगोको ज्वालाले ८ हजार एकडभन्दा बढी क्षेत्रफललाई ध्वस्त पारेको छ। यो आगो बढाउन तीव्र हावा र सुक्खा झाडीहरूले इन्धनको काम गरिरहेका छन्। यस आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा उक्त क्षेत्र छोड्न बाध्य भएका छन्।
अमेरिकाको क्यालिफोर्नियाका अग्निनियन्त्रकले अझै पनि जंगलमा लागेको आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागी भएको एक हप्ताभन्दा बढी भइसक्यो। यसमा धेरै मानिसका आलिशान भवन ध्वस्त भए भने २५ जनाको मृत्यु भइसकेको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
