• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ १८, २०८२
शनिबार, माघ १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन

विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

२०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प धादिङवेशीमा सम्पन्न, १७५ भन्दा बढी सवारीसाधन सहभागी

पोल्याण्डद्वारा लोकमान्य गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

  • ४. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ५. २०८२ साल माघ १५ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

  • ७. सुनको मुल्यमा नयाँ कीर्तिमान : तोलाकै ३ लाख ९ हजार

  • ८. माघ २२ गतेदेखि भृकुटीमण्डपमा ११ औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

  • ९. २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर

एक महिना पछि कटहरिया नगरपालिकाको ताला

सञ्जय मिश्रा / रौतहट। सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको हो।

मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादवसहित वडा अध्यक्षहरु बिच दुई बुदेँ सहमती पछि बिहीवार साँझ ३१ औं दिन तालाबन्दी खुलेको हो। रौतहटका सिडियो हिरालाल रेग्मीको निर्देशनमा स्थानिय प्रशासनले सहजकर्ताको भूमिका निर्वाह गरेपछी दुबैपक्ष बिच लामो छलफल पश्चात सहमती भएको थियो।

मेयर जैसवालका समर्थकले नगरपालिकाको ताला खोल्ने तथा उपमेयरसहित असन्तुष्ट वडा अध्यक्षहरुको समर्थकले खोल्न नदिने भन्दै बिहीवार दिउँसो आमुनेसामुने हुँदा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो।

घटनाको सुइँको पाएर कटहरिया नगरपालिका कार्यालय वरपर बिहानै देखी जम्मा भएका नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले अवस्था साम्य बनाए पछि दुई पक्षीय छलफल सुरु भएको थियो।

यसअघि मेयर मेयर जैसवालको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले गलत तरिकाले मिति २०८१ मंसिर २० गतेको नगर कार्यपालिका बोर्डको बैठकले गरेको भन्दै लेखेको सम्पूर्ण निर्णय तत्काल कार्वान्यन नगर्ने, अब आउने प्रमुख प्रशासकिय अधिकृतको उपस्थितिमा हुने पहिलो बैठकमा पेस गरी अनुमोदन हुने बुँदाहरू मात्र कार्यन्वयन गर्ने सहमती भएको थियो।

त्यसैगरी, आगामी बैठकमा असन्तुष्ट पक्षका मागहरु आम जनताको विद्युत महशुल चुक्ता गर्ने, कर्मचारीको तलब भुक्तानी गर्नुपर्ने, आन्तरिक राजश्व बाँडफाँडबाट आएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने, कर्मचारी संख्या तथा बाँकी बक्यौता सार्वजनिक गरिनु पर्ने, ईन्धनको बिवरण कुन गाडीमा कती तेल राख्ने गरेको हो स्पष्ट हुनुपर्ने, आव २०७९÷०८०१ देखि गत पुस मसान्तसम्मको आयव्याय बिवरण सार्वजनिक गर्नुपर्ने, कार्यपालिका बोर्डको हरेक बैठक सामाजिक सञ्जालमा लाईभ हुनुपर्ने लगायत समावेश गर्ने सहमति भएको छ।

कटहरिया नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर भएको भोलिपल्ट बिहीवार भएको दुईपक्षीय सहमती छलफलमा लैजान अथवा कार्वान्यन गर्न मेयर पक्षले पहल नगरेमा नगरपालिकामा पुनः तालाबन्दी गरिने लिखित सहमति भएको बैठकमा सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले बताएका छन्। दुईपक्षीय बैठकमा मेयर अजयप्रकाश जैसवाल पक्षसँगै उपमेयर यादव पक्षमा वडा १ का अध्यक्ष भूपेन्द्र महतो, २ का अध्यक्ष हरेन्द्र जैसवाल, ३ का अध्यक्ष श्यामाकान्त यादव, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, ६ का अध्यक्ष जयराम चौधरी, ७ का अध्यक्ष महमद सहिद दर्जी, कार्यपालिका सदस्य जामुन ठाकुर, वडा सदस्य रामेश्वर यादव, ईलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओम प्रकाश यादव, सशस्त्र बेस दुधियाभारका इन्स्पेक्टर चुनराज थापा लगायतको सहभागिता रहेको थियो भने बरिष्ठ पत्रकार सञ्जय मिश्रा सहजकर्ताको भूमिका निर्वाह गरेको सहभागी नगर योजना शाखाका प्रमुख रामनरेश यादवले बताएका छन्।

गत मंसिर २० गते नगरपालिका मा बसेको कार्यपालिका बोर्डको बैठकमा कुनै सहमती नहुदाँ बैठक स्थगित भएको थियो। तर, मेयर जैसवालको ईशारामा प्रमुख प्रशासकीय अधिकृत जोशीले त्यही उपस्थितिलाई आधार बनाई दर्जनौं निर्णय लेखेर बिभिन्न प्रलोभन दिएर घरघरमा घुमाई घुमाई कार्यपालिका सदस्यहरुसँग हस्ताक्षर गराउने खेल भईरहेको उपमेयर यादवको नेतृत्वमा गएका जनप्रतिनिधिहरुले गत पुस ९ गते नगरपालिकामा तालाबन्दी गरेका थिए।

मेयर जैसवालको घरमा बसेर अधिकृत जोशीले लेखेको निर्णयहरु बदर हुनुपर्ने लगायतका माग उपमेयरसहित असन्तुष्ट पक्षले अघि सारेका थिए। करार कर्मचारीको तलब, ईन्धन खर्च, डीपीआर, आर्थिक सहयोग, बिभिन्न एनजिओलाई कार्यक्रम लगायतको शीर्षकमा मेयर जैसवालले करोडौ रुपैयाँ अनियमितता गर्दै आएको भनेर स्वयं जनप्रतिनिधिहरुले बिरोध गर्दै आएको छन्।

२०७९ को स्थानीय निर्वाचनमा कटहरियामा नेपाली कांग्रेसको टिकटबाट मेयर अजयप्रकाश जैसवाल, उपमेयर रितादेवी यादवसहित वडा ५ ,७, ८ र ९ का वडा अध्यक्ष निर्वाचित भएका थिए। निर्वाचित भए देखि नै जुन हिसाबले पनि पैसा खाने मेयर जैसवालको गलत नीतिको कारण प्रतिपक्ष देखी उनकै पार्टीबाट निर्वाचित जनप्रतिनिधि उनी बिरुद्द खुलेरै विरोधमा उत्रिएका छन्।

भ्रष्टाचार कै मुद्दामा मेयर जैसवालसहित जनप्रतिनिधि र कर्मचारी गरी ११ जना केही महिना निलम्बित समेत भएका थिए। निलम्बन फुकुवा भएर आएपछि मेयर अजय प्रकाशको रवैयामा केही सुधार हुन्छ कि भनेर नगरवासीले गरेको अपेक्षा पूरा हुन् सकेको छैन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु
    रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर
    ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

    ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    २०८२ साल माघ १५ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

    यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन

    विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
    • काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु
    • यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन
    • विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक
    • २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.