मर्क्योर काठमाडौं होटलले भ्यालेन्टाइन डेमा विशेष अनुभव दिने अफर
काठमाडौँ । सुकेधारा हाइट्समा रहेको मर्क्योर काठमाडौंले भ्यालेन्टाइन डेको अफर सार्वजनिक गरेकाे छ । रोमान्स र भव्यताका साथ यस भ्यालेन्टाइन डेमा मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा शानदार तरिकाले प्रेमको उत्सव मनाइन पाइने भएको छ । एकोरद्वारा व्यवस्थित मर्क्योर काठमाडौंले क्युरेट गरिएका डाइनिंग अनुभव र विशेष रोमान्टिक स्टे प्याकेज उपलब्ध गराउने बताइएको छ ।
काठमाडौँ उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरूको बीचमा अवस्थित मर्क्योर काठमाडौँले अविस्मरणीय भ्यालेन्टाइन डे मनाउन एक मनमोहक सेटिंग प्रदान जनाएको छ। क्यान्डल लाइट डिनर, रुफटपको घनिष्ठ अनुभव अथवा लक्जरियस ओभरनाइट रिट्रीट, हरेक अनुभवका साथ यस होटलले यहाँहरूको प्रेम फैलिने उत्तम वातावरण प्रस्तुत प्रस्तुत हुने विश्वास होटलले लिएको छ ।
भ्यालेन्टाइन अफर:
डाइन – “अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स”
यहाँहरूले हाम्रो दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको मज्जा लिन सकिने छ। जहाँको रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली र सुन्दर फूलहरूको संयोजनले रोमान्टिक वातावरण सिर्जना गर्नेछ। पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्नेछन्।
मूल्य: प्रति जोडी ७,९९९ रुपैयाँ
शुक्र बार – “सेलिब्रेट लभ अबोभ द सिटि लाइट्स”
एक मनमोहक रुफटप डाइन अनुभवको लागि शुक्र बारले ९० मिनेटका लागि असीमित पास-अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरूको साथमा एक घनिष्ठ सेटिंग प्रस्तुत गर्नेछ। लाइभ म्युजिकले वातावरणलाई मन्त्रमुग्ध बनाई अति रोमान्टिक वातावरणको सिर्जना गर्नेछ।
मूल्य: प्रति जोडी १२,९९९ रुपैयाँ
भ्यालेन्टाइनका स्टे प्याकेजहरू
रोमान्टिक भ्यालेन्टाइन रुम प्याकेज
आफ्नो प्रियजनलाई उत्कृष्ट भोजन अनुभवसँगै थप रोमान्टिक ओभरनाइट स्टे पनि दिनुहोस्। यस विशेष उत्सवमा आराम र लक्जरीको उत्तम समिश्रणको आनन्द लिन सकिनेछ ।
मूल्य: प्रति जोडी १७,९९९ रुपैयाँ
नाइट टू रिमेम्बर – द अल्टिमेट रोमान्टिक एस्केप
लक्जरियस रिट्रीट खोज्नेहरूका लागि यो प्याकेजमा ब्रेकफास्टको मज्जाका साथमा रोमान्टिक नाइट स्टे पनि समावेश हुनेछ जसले जोडीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ।
मूल्य: प्रति जोडी ने.रू. २२,९९९
मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स यस भ्यालेन्टाइन डेमा सबै जोडीहरूलाई असाधारण र रमाइलो अनुभवका लागि काठमाडौँको मुटुमा अवस्थित विशेष रोमान्टिक गेटअवेमा आमन्त्रण गरेको छ। सोफिस्टीकेटेड अकोमोडेसन्स, उत्कृष्ट डाइन र मनमोहक सेटिंग्सको साथमा यहाँहरूको प्रत्येक क्षण प्रेम र अविस्मरणीय सम्झनाहरूले भरिने वाचा पनि होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

