स्पेनिस ला लिगा : शीर्षस्थानको रियल बराबरीमा रोकियो
काठमाडौं । जारी सिजनको स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड फेरि बराबरीमा रोकिएको छ।
शनिबार राति रियललाई ओसासुना क्लबले बराबरीमा रोकेको हो। अघिल्लो खेलसमेत बराबरी खेलेको रियललाई ओसासुनाले १-१ गोल बराबरीमा रोक्यो।
३९ मिनेटमा जुड बेलिंघमले रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो। रियलले किलियन एम्बाप्पेको गोलमा खेलको १५ मिनेटबाट अग्रता लिएको थियो।
दोस्रो हाफको ५७ मिनेटमा ओसासुनाले पेनाल्टी पाएको थियो। पेनाल्टीमा एन्टे बुदिमिरले गोल गरेर टिमलाई बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन्।
यो बराबरीसँगै रियलको २४ खेलबाट ५७ अंक पुगेर शीर्षस्थानमै छ। ओसासुनाको समान खेलमा ३२ अंकसहित सातौं स्थान छ।
दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले समेत शनिबार राति बराबरी खेलेको छ। उसलाई सेल्टा भिगोले १-१ बराबरीमा रोकेको हो। एटलेटिकोको समान २४ खेलबाट ५० अंक रहेको छ।
एक खेल कम खेलेको बार्सिलोनाको ५० अंक रहेको छ। यससँगै यी तिनै टिमबीचको उपाधि यात्रा रोमाञ्चक हुने देखिएको छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

