Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

लिभरपुल एष्टन भिल्लासँग बराबरीमा रोकियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, ८
लिभरपुल एष्टन भिल्लासँग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा बिहीबार बिहान राति लिभरपुल बराबरीमा रोकिएको छ। लिगको शीर्ष स्थानको लिभरपुल एष्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएको हो। भिल्लाको मैदानमा लिभरपुलले अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भएको छ।

भिल्ला पार्कमा लिभरपुलका मोहम्मद सलाहले २९औं मिनेटमा अग्रता बनाएका थिए। तर, घरेलु टोलीले पहिलो हाफमै २-१ को अग्रता बनाउन सफल भयो। ३८औं मिनेटमा युरी मिलेमान्सले १-१ को बराबरी गोल गरेका हुन्। ओली वाट्किन्सले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेलमा २-१ को अग्रता राखे।

तर, ६१औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले बराबरी गोल गर्दै लिभरपुलको हारबाट जोगाएका थिए। यद्यपि, लिभरपुलले शीर्ष स्थानमा आठ अंकको अग्रता कायम गरेको छ। उसले २६ खेलबाट ६१ अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको आर्सनलले एक खेल कम खेल्दै ५३ अंक जोडेको छ। बराबरीपछि २६ खेलबा ३९ अंक जोडेको एष्टन भिल्ला नवौं  स्थानमा छ।

 

Top Changing Nepal

युट्युब सट्स