सामसङले बनाउँदै नेपालकै पहिलो राष्ट्रिय इ-स्पोर्टस् लिगलाई उत्कृष्ट
काठमाडौं । नेपालको पहिलो राष्ट्रिय ईस्पोट्र्स च्याम्पियनसिप फागुन ८ देखि १०, २०८१ सम्म दशरथ रङ्गशाला, काठमाडौँमा सुरु भएको छ। यो प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोट्र्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्। नवीनतम प्रविधि र नवचारको अगुवाइ गर्ने सामसङ यस ऐतिहासिक इभेन्टको प्रमुख भाग बन्न पुगेको छ, जहाँ प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिने छ।
यस इभेन्टमा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध छन्, जहाँ दर्शकहरूले सामसङका नवीनतम उपकरणहरू, र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन्।
“सामसङ सधैँ उच्च–प्रदर्शनयुक्त उपकरणहरू प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँ स्तरमा पु¥याउन प्रतिबद्ध छ। ग्यालेक्सी एस२५ अल्ट्राले गेमिङको अनुभवलाई नयाँ उचाइमा पुराएको छ। स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६.९–इन्चको इमर्सिभ डिस्प्ले र १२०हर्ज रिफ्रेस रेटको साथ, यो स्मार्टफोन ती गेमरहरूका लागि डिजाइन गरिएको हो, जो पिक पर्फर्मेन्सको माग राख्छन्। क्वालकम इन्जिनियरहरूसँगको हाम्रो सहकार्यले डिभाइसको स्पीड र तापमान व्यवस्थापनलाई उत्कृष्ट बनाएको छ, जसले गर्दा खेलाडीहरूले कठिन गेमप्लेका दौरान कुनै अवरोध बिना प्रतिस्पर्धा गर्न सक्नेछन्। नेपालको ईस्पोट्र्स क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ, र सामसङ यो यात्रामा नेपाली गेमरहरूलाई यो नयाँ प्रविधिको साथ सहयोग गर्न पाउँदा गर्व गर्छ“, सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितले भने।
ईस्पोट्र्स प्रतिस्पर्धाहरू मात्र नभई, यो इभेन्टमा दर्शकहरूको मनोरञ्जनका लागि वाङ्देन शेर्पा, कुमा सागर जस्ता चर्चित कलाकारहरूको सङ्गीतात्मक प्रस्तुति तथा फुड स्टलहरू, इन्टरएक्टिभ एक्सपिरियन्स जोनहरू, र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका छन्।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

