• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • १४ घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • १४ घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • १६ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • १६ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • १७ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • २१ घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • २२ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • २२ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • ३. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ५. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ६. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ९. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • १०. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

रौतहटको विद्यालय: बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !

जानकारी केन्द्र २०८१, फाल्गुन, १३

रौतहट । सामुदायिक सरकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुबा, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन अर्दली सुन्दा अपत्यारिलो लाग्नसक्छ तर यो यथार्थ हो रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ५ ईशलाम्पुर गाउँ छेउ रहेको श्री रहमान प्राथमिक विद्यालयको । यस दुर्लभ विद्यालयका प्रधानाध्यापक र गुजराको नगर शिक्षा संयोजकको मिलोमतोमा बर्षेनी लाखौं रुपैयाँ भ्रष्टाचार हुँदै आएको प्रकाशमा आएको छ ।

उक्त विद्यालय लाई गाउँलेहरुले पछिल्लो समय रहमान प्राथमिक विद्यालयको स्थानमा रहमान पारिवारिक बिद्यालय भन्ने गरेका छन् । पछिल्लो एकदशक भन्दा बढी समय देखी बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन गुजरा ५ ईश्लामापुरका अवकास प्राप्त शिक्षक मजीबु रहमान भने प्रधानाध्यापक उनको छोरा महमद अफरोज आलम रहेका छन्। सोही विद्यालयमा महिला शिक्षिका प्रधानाध्यापक अफरोजको छोरी गुलशन नेसा कार्यरत रहेकी छिन् भने उनको श्रीमती सबरिन खातुन पियन अर्दलिको रुपमा कार्यरत रहेकी छिन्।

प्रधानाध्यापक महमद अफरोज विद्यालयलाई आफ्नो निजी सम्पती सरह बनाएर नगर शिक्षा संयोजक शिवमंगल साह संग मिलेर विद्यार्थीको नाउँमा लाखौं रुपैयाँ भ्रष्टाचार गरिरहेका छन्। अध्यक्ष मजीबु रहमान लक्ष्मीपुर प्राबिका प्रधानाध्यापक हुँदा २०६५ सालमा झोले विद्यालयको अवधारणा अनुरूप बाटो नभएको २ कठा खेत रजिष्ट्रेशन गरेर खोलेको उक्त विद्यालयको नालीबेली बताउन गाउँले हरुले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

मजीबु रहमानले बिद्यालय खोलेर छोरा अफरोज प्रधानाध्यापक बनाएर सञ्चालन गरेका थिए। केही वर्ष अघि गुजरा नगरपालिका अन्तर्गतका धेरै झोले विद्यालयहरु सामुदायिक विद्यालयहरूमा मर्ज भएको थियो। तर रहमानले कतैबाट राहत दरबन्दी किनेर सोही दरबन्दीमा छोरा अफरोजलाई प्रधानाध्यापक बनाएर राखेपछि विद्यालय भने अहिलेसम्म अस्तित्वमा रहेको पत्रकार सम्मेलनमा स्थानिय समाजसेवी तथा नेपाली कांग्रेसका जिल्ला सह सचिव फिरोज आलमले बताएका छन्।

मजीबु रहमान लक्ष्मीपुर प्राविमा कार्यरत हुँदा रहमान प्राबिको व्यवस्थापन समितिको अध्यक्षमा उनकै परिवारका अन्य सदस्य रहेका थिए तर उनी अवकास पछी एकदशक बढी समय देखी अध्यक्षको रूपमा बिराजमान रहेको आलमले बताएका छन्।

२०७४ सालको स्थानिय निकायको निर्वाचन पछि गुजराका नगर शिक्षा संयोजक शिवमंगल साहकै मिलोमतोमा रहमान प्राविका प्रधानाध्यापक अफरोजले लाखौं भ्रष्टाचार गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यतिमात्र नभई एकजना वडा अध्यक्षको सिंगो कार्यकाल सकेर गुजरा ५ का अर्का वडा अध्यक्ष शेख जमालुदिनको कार्यकाल आधा विती रहँदा पनि उक्त विद्यालयको व्यवस्थापन समिति गठन हुन नसक्नुमा शिक्षा संयोजककै चलखेल रहेको सहसचिव आलमले दाबी गरेका छन्।

रहमान प्राविमा हाल कक्षा १ देखि ५ सम्म झण्डै १५० जना बिद्यार्थी अध्ययनरत रहेका छन् । तर शिक्षा संयोजकसंग मिलेर प्रधानाध्यापक अफरोजले विधार्थी संख्या ३६० देखाएर नगरपालिकाबाट सम्पूर्ण सुबिधा लिँदै आएको आलमले बताएका छन्।

विद्यालयको समिती र विधार्थी संख्या लगायत अन्य जानकारीको लागि पटक पटक गुजरा नगर शिक्षा संयोजक शिवमंगल साह लाई गएर भन्दा कहिलै वास्ता नगरेको उनको आरोप रहेको छ । त्यतिमात्र नभई आफ्नो घर कटहरिया बाट दैनिक कार्यालय त्यही बाटो भएर जाने तर विद्यालयको अवस्था कहिलै नहेरेको पत्रकार सम्मेलनमा बताईएको छ ।

विद्यालयको लागि पैसा निकासा हुने दिन शिक्षा संयोजक साह प्रधानाध्यापक अफरोज आलम संगै बैंक सम्म पुगेर रकमबाट भागबण्डा गर्ने गरेको आलमले आरोप लगाएका छन् । कक्षा १ देखि ५ सम्मका प्रति विद्यार्थी खाजा बापत दैनिक १५ रुपैयाँ, पाठ्यपुस्तक सरदर ५०० रुपैयाँ र छात्रवृत्ति छात्रा सम्पूर्ण र दलित छात्रालाई सरकारले ४०० रुपैया दिँदै आएको छ । ३६० विद्यार्थीको हिसाब गर्ने होभने एकदशकमा लाखौं लाख भ्रष्टाचार भएको आलमले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा सहभागी वडा ५ का अध्यक्ष शेख जमाजुदिनले प्रधानाध्याक अफरोज ले विद्यालयको सम्पूर्ण रजिस्टर लुकाएर राखेको बताएका छन् । विद्यालयमा पटक पटक अनुगमन गर्दा कहिलै कुनै रजिस्टर नभेटेको र समिती गठनको लागि २ वर्षदेखि प्रयास गर्दा गर्दै केहीदिन अघि ४ जना सदस्य छनौट भएपनि प्रधानाध्यापकको बदमसीले पूर्णता नपाएको गुनासो गरेका छन्।

समितिलाई पूर्णता दिन आईतवार विद्यालयमा अभिभावक भेला हुँदा प्रधानाध्यापकका परिवारका मानिसहरूले मजीबु रहमान जग्गादाता भएकाले पुनः अध्यक्ष हुनुपर्ने अडान लिएर कुटपिटमा उत्रँदा पुनः स्थगित गरिएको वडा अध्यक्ष जमालुदिनले बताएका छन् ।

उता नगर शिक्षा संयोजक शिवमंगल साहसंग कुरा गर्दा जिम्मेवार व्यक्तिमाथि यस्तो आरोप लाग्नु नौलो कुरा नभएको, आफूले कुनै गलत काम नगरेको भन्दै सबै आरोपको खण्डन गरेका छन् ।

तर गुजरा नगरपालिकामा मेयर सन्तलाल चौधरीले रहमान प्राबिसंगै अन्य कैयौं विद्यालयको गतिबिधि खराब गर्नुमा शिक्षा संयोजक शिवमंगल साह मुख्य दोषि रहेको बताएका छन् । रहमान प्राविको समिती गठन लगायत अन्य गतिविधिको बारेमा पटक पटक निर्देशन दिदाँ शिक्षा संयोजक साह बिभिन्न बहाना बनाएर फुत्कीने गरेको मेयर चौधरीले गुनासो गरेका छन्। आफ्नो पहिलो कार्यकाल देखिनै गुजाराको नगर शिक्षा संयोजक रहेको उनी चिप्लो कुरा गर्ने, अनेक नियम कानुन देखाएर मनपरी गर्दै आएको उनले बताए।

रहमान प्राविका बर्तमान अध्यक्ष मजीबु रहमान लक्ष्मीपुर प्राबिको रकम हिनामिना गर्दा उनीमाथी अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा मुद्धा चलिरहेको थियो । तर शिक्षा संयोजक शिवमंगल साहले आफूलाई बिना जानकारी रहमानको सिफारिस गरी पठाएकाले पनी आर्थिक चलखेल भएको हुनसक्ने मेयर चौधरीले आशंका व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

ताजा

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.