मस्कको इन्टरनेट कम्पनी स्टारलिंकको भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता
काठमाडौँ । एलन मस्कको इन्टरनेट कम्पनि स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको छ । मस्कको कम्पनी स्पेसएक्स र एयरटेलबीच भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौता भएसँगै स्टारलिंकको भारतीय बजारमा प्रवेश भएको हो । एयरटेलले सम्झौताको बारेमा मंगलबार जानकरी दिएको छ ।
एयरटेलले भारतमा एयरटेलका ग्राहकहरूलाई स्टारलिंक उच्च-गतिको इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको जनाएको छ ।
एयरटेलले भनेको छ- ‘यो भारतमा हस्ताक्षर गरिएको पहिलो सम्झौता हो, तर स्पेसएक्सले भारतमा स्टारलिङ्क सेवाहरू प्रदान गर्न आवश्यक स्वीकृति प्राप्त गरेपछि मात्र यो सुरु हुनेछ । यस सम्झौता अन्तर्गत, एयरटेल र स्पेसएक्सले स्टारलिङ्कले एयरटेलको सेवाहरू कसरी सुधार गर्न सक्छ भनेर अन्वेषण गर्न मिलेर काम गर्नेछन् । यसका साथै, भारतीय बजारमा एयरटेलको अनुभवले स्पेसएक्सलाई आफ्ना ग्राहकहरू र व्यवसायहरूलाई सेवाहरू अझ बढाउन मद्दत गर्न सक्छ ।’
यस सम्झौतामा विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम क्षेत्रहरूमा जडान प्रदान गर्ने कुरा पनि समावेश छ । यो घोषणा केही हप्ता अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिंगटनमा एलन मस्कलाई भेट्दा भएको थियो ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


