एयरटेलपछि जियोसँग स्टारलिङ्कको सम्झौता, भारतमा आक्रमक बन्दै
काठमाडौँ । एलन मस्कको इन्टरनेट कम्पनी भारतीय बजारमा प्रवेश गरेको छ । उच्च गतिको इन्टरनेट सेवा दिने स्टारलिङ्कले भारतमा एयरटेलपछि रिलायन्स जियोसँग पनि सम्झौता गरेर भारतीय बजारमा आक्रामक रुपमा अगाडी बढ्ने संकेत गरेको छ । स्टारलिङ्क एक स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवा हो जसले स्याटेलाइट कभरेज भित्र जहाँसुकै इन्टरनेट पहुँच प्रदान गर्न सक्छ । यस सुविधाका कारण, परम्परागत इन्टरनेट सेवा उपलब्ध नभएका दुर्गम वा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँचको लागि विश्वव्यापी रुपमा यो राम्रो विकल्प बनिरहेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार, जियो प्लेटफर्म्स लिमिटेडले जियो र स्टारलिङ्कले सम्पूर्ण भारतलाई उच्च गतिको इन्टरनेटसँग जोड्न एकसाथ विस्तार गरिरहेका छन् र यो सम्झौता भारतमा इन्टरनेट कनेक्टिभिटीको विकासमा कोसेढुङ्गा भएको बताएको छ ।
जियो प्लेटफर्म्स लिमिटेडले भनेको छ- ‘जियो प्लेटफर्म लिमिटेडले भारतीय उपभोक्ताहरूलाई स्टारलिङ्क ब्रॉडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको छ । जियोले आफ्नो रिटेल आउटलेटहरू र अनलाइन मार्फत स्टारलिंक सेवा प्रदान गर्नेछ ।’
गत वर्ष भारतको स्याटेलाइट ब्रॉडब्यान्ड बजारको लागि विश्वका दुई धनी व्यक्तिहरू, स्पेसएक्सका मालिक एलन मस्क र जियोका मालिक मुकेश अम्बानी बीच प्रतिस्पर्धा भएको थियो । गत अक्टोबरमा, भारत सरकारले ब्रोडब्यान्डको लागि स्याटेलाइट स्पेक्ट्रमको आवन्टन लिलामी मार्फत नभई प्रशासनिक रूपमा गरिने घोषणा गरेको थियो । मस्क पहिलेदेखि नै लिलामी मोडेलको आलोचक रहेका छन् भने अम्बानी यसको समर्थक रहेका छन् ।
यसअघि एयरटेलले पनि स्टारलिङ्कसँग भारतमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउने विषयमा सम्झौता भएको जानकारी दिएको थियो ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


