Jankari Kendra
३ आश्विन २०८३, शनिबार
Worldlink

टाटाका मेड इन इन्डिया कार श्रीलंकामा सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, ३
टाटाका मेड इन इन्डिया कार श्रीलंकामा सार्वजनिक

काठमाडौं । टाटा मोटर्सले श्रीलंकामा पनि आफ्ना कार बिक्रीका लागि उपलब्ध गराएको छ । भारतको अग्रणी अटोमोबाइल निर्माता र दिगो गतिशीलताको अग्रणी टाटा मोटर्सले ८५ वर्षभन्दा बढी समयदेखि अटोमोटिभ एक्सिलेन्समा प्राधिकरण र श्रीलंकामा टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता डीमोसँगको सहकार्यमा पेट्रोल, डिजेल र इलेक्ट्रिक सवारी साधन सार्वजनिक गरेको बताइएको छ।

उक्त लन्चमा टाटा पन्च, नेक्सन, कर्भ ईभी र टियागो ईभी समावेश गरिनुका साथै  यसले श्रीलंकाली बजारमा टाटाको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको जनाइएको छ ।

डिमोका कार्यकारी निर्देशक राजीव पण्डितगागेले भने “बजार पुन: खुलेपछि श्रीलंकामा प्रवेश गर्ने पहिलो यात्रुवाहक सवारी ब्रान्डको रूपमा टाटा मोटर्ससँगको हाम्रो साझेदारीलाई निरन्तरता दिन पाउँदा हामी उत्साहित छौं।”

हाल टाटा मोटर्सले आफ्ना सवारी साधनमा बिक्री पछिको सेवा पनि प्रदान गरिरहेको बताइएको छ । सबै पेट्रोल-डिजेल कारमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिनुका साथै इलेक्ट्रिक कारमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ । इलेक्ट्रिक कारको ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६५ हजार किलोमिटरको वारेन्टी दिइएको जनाइएको छ ।

 

 

 

 

 

Top Changing Nepal

युट्युब सट्स