सुनिता र बुचसहित चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिनपछि पृथ्वीमा फर्किएका छन् । उनीहरूसँगै क्रू-९ का दुई जना अन्तरिक्ष यात्री निक हेग र अलेक्ज्याण्डर गोर्बुनोभ पनि फर्किएका छन् । ड्र्यागन अन्तरिक्ष यान मार्च १९ मा नेपाली समय अनुसार बिहान ३: ४२ बजे फ्लोरिडाको समुन्द्री तटमा अवतरण गराइएको थियो ।
चार अन्तरिक्ष यात्रीहरूले मंगलबार मार्च १८ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) छोडेका थिए । अन्तरिक्ष यान पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो, यसको तापक्रम १६५० डिग्री सेल्सियस नाघेको थियो । यस अवधिमा लगभग ७ मिनेटको लागि सञ्चार अवरुद्ध भएको नासाले जनाएको छ ।
ड्र्यागन क्याप्सुल अलग भएदेखि समुद्रमा अवतरण गर्न लगभग १७ घण्टा लागेको थियो । मंगलबार बिहान ८: ५० बजे, अन्तरिक्ष यानको ह्याच खोलिएको थियो भने अर्थात् ढोका बन्द गरिएको थियो भने १०: ५० मा अन्तरिक्ष यान आइएसएस बाट अलग भएको थियो ।
अन्तरिक्षयानको इन्जिनलाई कक्षाबाट विपरीत दिशामा प्रक्षेपण गरिएको थियो । यसले गर्दा अन्तरिक्षयान बिहान ३:४२ बजे पृथ्वीको वायुमण्डलमा प्रवेश गरी फ्लोरिडाको तटबाट पानीमा अवतरण भएको थियो ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा थिए । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सस्तोभन्दा सही छनोटतर्फ नेपाली उपभोक्ता : गुणस्तर, सेवा र दीर्घकालीन मूल्यमा बढ्दो ध्यान
शाओमीले सार्वजनिक गर्यो नयाँ शाओमी वाच एस फाइभ ४६ एमएम स्मार्टवाच, कतिपर्छ मूल्य ?
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

