• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • ८ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १० घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • ११ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १ दिन 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १ दिन 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १ दिन 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • २. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

  • ३. अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

  • ४. अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

  • ५. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • ६. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • ७. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • ८. सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने

  • ९. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति, नष्ट भयाे ४५० अर्ब टन ग्लेसियर

जानकारी केन्द्र २०८१, चैत्र, ८

काठमाडौं । संयुक्त राष्ट्रसंघले लगातार तेस्रो वर्ष २०२४ मा विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति भएको जानकारी दिएको छ । संयुक्त राष्ट्र संघले यसपछि यो पनि चेतावनी दिएको छ कि हिमनदीहरू बचाउनु अब हाम्रो लागि बाँच्ने कुरा हुन पुगेको छ ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन अन्तर्गतको मौसम, जलवायु र पानी एजेन्सीले विश्व हिमनदी दिवसको अवसरमा विगत ६ वर्षमध्ये पाँचवटा हिमनदीहरू रेकर्डमा सबैभन्दा छिटो पग्लिएको बताएको छ।

विश्व मौसम विज्ञान संगठनका प्रमुख सेलेस्टे साउलोले भने, ‘ग्लेशियरहरू संरक्षण गर्नु पर्यावरणीय, आर्थिक र सामाजिक आवश्यकता मात्र होइन, यो भविष्यको कुरा हो।’

विश्व मौसम विज्ञान संगठनले ग्रीनल्याण्ड र अन्टार्कटिका टापुको बरफका साथै लगभग ७ लाख  वर्ग किलोमिटर क्षेत्रफल ओगटेको संसारमा २ लाख ७५ भन्दा बढी ग्लेशियरहरू छन्। तर जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र गतिमा खुम्चिरहेका छन् ।

‘सन् २०२४ लगातार तेस्रो वर्ष हुनेछ, जसमा सबै १९ ग्लेशियर क्षेत्रहरूमा क्षति भएको छ,’ डब्लुएमओले भन्यो। स्वीसस्थित वर्ल्ड ग्लेशियर मोनिटरिङ सर्भिस (डब्लुजीएमएस) को नयाँ तथ्याङ्कलाई उद्धृत गर्दै एजेन्सीले कुल ४५० अर्ब टन ग्लेशियर नष्ट भएको बताएको छ ।

‘२०२०– २०२४ सम्म हामीले रेकर्डमा तीन वर्षमा हिमनदीहरूको सबैभन्दा ठूलो क्षति देखेका छौं,’ साउलोले भने। गत वर्ष क्यानेडियन आर्कटिक र ग्रीनल्याण्ड हिमनदी जस्ता क्षेत्रमा हिमनदीमा कमी देखिएको थियो। तर स्क्यान्डिनेभिया, नर्वेको स्वालबार्ड द्वीपसमूह र उत्तरी एशियाका हिमनदीहरूले सबैभन्दा खराब वर्ष अनुभव गरेका थिए।

विश्व मौसम विज्ञान संगठनले हालको पग्लने दर अनुसार पश्चिमी क्यानडा र अमेरिका, स्क्यान्डिनेभिया, मध्य युरोप, काकेसस, न्यूजिल्याण्डका धेरै हिमनदीहरू ठूलो जोखिममा रहेको बताएको छ।

एजेन्सीका अनुसार बरफका टुक्राहरू र हिमनदीहरूले विश्वको ७० प्रतिशत पिउने पानीको स्रोत उपलब्ध गराएको छ र उच्च पहाडी क्षेत्रहरूले पानीको टावरजस्तै काम गरिरहेका छन । यदी तिनीहरू हराए भने यसले डाउन स्ट्रीममा बस्ने लाखौं मानिसहरूको लागि पानी आपूर्तिलाई खतरामा पार्न सक्ने अहिले नै देखिएको छ ।

‘हामीले ग्लोबल वार्मिङसँग लड्नु पर्छ, हामी अन्ततः धेरै कुराहरूमा सम्झौता गर्न सक्छौं तर बरफ पग्लिने कुरामा हामी सम्झौता गर्न सक्दैनौं,’ विश्व मौसम विज्ञान संगठनका पानी र क्रायोस्फेयर निर्देशक स्टेफान उहलेनब्रचले भने।ग्लेशियरहरूको लागि पहिलो विश्व दिवस मनाउनको लागि डब्लुजीएमएसले एक अमेरिकी ग्लेशियरलाई वर्षको पहिलो ग्लेशियरको रूपमा नामाकरण गरिएको थियो । वाशिंगटनको साउथ क्यास्केड ग्लेशियरलाइ सन १९६२ देखि लगातार निगरानी गरिराखिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

ताजा

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.