‘प्रोटन इमास सेभेन’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?
काठमाडौं । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ ईभी ईमास ७ आधिकारिक रुपमा लन्च गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गरी सो ईभी सार्वजनिक गरिएको थियो ।
दुई भेरियन्टमा उपलब्ध, सुरुवाती मूल्य ५६.९९ लाख
प्रोटोन ‘ई–मास ७’ नेपाली बजारमा दुई भेरियन्ट— प्राइम र प्रिमियममा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार, प्राइम मोडेलका लागि ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियम मोडेलका लागि ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी विभिन्न ६ कलर अप्सनमा उपलब्ध रहेको बताइएको छ ।
नवीन प्रविधि र उच्च सुरक्षा विशेषता
गाडी ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्ल्याटफर्ममा निर्मित छ, जसमा १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम जडान गरिएको बताइएको छ। कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार, यो गाडी हरित र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतीक हो।
उनले भने, ‘नेपालमा विद्युतीय सवारीको माग बढ्दै गइरहेको अवस्थामा प्रोटोन ‘ई–मास ७’ नेपाली बजारका लागि महत्वपूर्ण साबित हुनेछ।’ गुप्ताका अनुसार, विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार हुँदै गर्दा कम्पनीले नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने योजना बनाएको छ।
सशक्त ब्याट्री प्रविधि र लामो रेन्ज
‘ई–मास ७’ मा नवीनतम सेल-टु-बडी (सीटीबी) प्रविधियुक्त लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। सुरक्षा विशेषताका रूपमा यसमा ५-स्टार एसियन एनक्याप सुरक्षा रेटिङ प्राप्त छ। साथै, एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम सहितको ३६०-डिग्री भ्यू क्यामेरा पनि उपलब्ध गराइएको जनाइएको छ।
प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री दिइएको छ, जसले एकपटकको पूरा चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ। प्रिमियम भेरियन्टमा भने ६०.२२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले ४१० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।
तीव्र चार्जिङ क्षमता
कम्पनीका अनुसार, डीसी फास्ट चार्जर प्रयोग गर्दा यो गाडी २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ। साथै, १० मिनेटको चार्जिङले १३५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी रहेको छ।
डिलरशिप र चार्जिङ पूर्वाधार विस्तार गर्ने योजना
जगदम्बा मोटर्सले आगामी आर्थिक वर्ष २०८२/८३ भित्र नेपालभर डिलरशिप विस्तार गर्ने योजना बनाएको बताइएको छ। कम्पनीले चार्जिङ स्टेशनहरूको संख्यामा वृद्धि गर्दै उपभोक्तालाई सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ। नेपालमा विद्युतीय सवारीको बढ्दो लोकप्रियता र सरकारी नीतिहरूले सहयोग पुर्याउने अपेक्षाका साथ, प्रोटोन ‘ई–मास ७’ हरित यातायाततर्फको नयाँ फड्को सावित हुने विश्वास गरिएको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

