• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ जेठ २०८३, बुधबार
०६ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
  • २२ घण्टा 

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
  • २२ घण्टा 

नेप्से परिसूचक ३० अंकले बढ्यो
  • २२ घण्टा 

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
  • १ दिन 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

  • २. राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो

  • ५. २०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

  • ६. नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

  • ७. हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

  • ८. ३२ औं पटक सगरमाथाको शिखरमा कामिरिता : तोडे आफ्नै रेकर्ड

  • ९. सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

  • १०. कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?

युरोपमा सार्वजनिक भयो चाङआनको ईभी ब्राण्ड डीपल, यसै वर्ष १० युरोपेली मुलुकमा विस्तार गर्ने योजना

जानकारी केन्द्र २०८१, चैत्र, ११

काठमाडौं । एक इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी चाङआन अटोमोबाइलले जर्मनीमा “शेयरिङ द फ्युचर” थिमको आफ्नो ब्रान्ड लन्च कार्यक्रममा युरोपका लागि आफ्ना तीन प्रमुख ब्रान्डहरू CHANG-AN, DEEPAL र AVATR आधिकारिक रूपमा सुरु गरेको छ।

यो माइलस्टोन चाङआनको “भास्ट ओसन प्लान” अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने एक नयाँ चरण हो। अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, बिक्री र सञ्चालनमा फैलिएको पूर्ण रूपमा एकीकृत युरोपेली इकोसिस्टमको साथ चाङआनले लोकल ट्यालेन्टमा लगानी र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरेर अनि इन्टेलिजेन्ट र दिगो मोबिलिटीको भविष्यलाई अगाडि बढाएर युरोपेली उपभोक्ताहरूसँगको आफ्नो सम्बन्धलाई गहिरो बनाउँदैछ।

कार्यक्रममा चाङआनले CHANG-AN E07 र DEEPAL S05 सँगै युरोपेली डेब्यूको रूपमा DEEPAL S07 पनि प्रदर्शन गर्‍यो, जसको लन्च पछिल्लो चरणको लागि तय गरिएको थियो। बुद्धिमत्ता र विद्युतीकरणमा अत्याधुनिक प्रविधिहरूका साथ चाङआनले युरोपको लागि उच्च प्रदर्शन गर्ने विद्युतीय सवारी साधनहरूको माग पूरा गरिरहेको छ।

छ देश र दस स्थानहरूमा फैलिएको R&D प्रणालीद्वारा संचालित चाङआनको टेक्निकल इनोभेसन विश्वव्यापी रूपमा मान्यता प्राप्त छ। यसमा ३१ देश र क्षेत्रहरूबाट आउने १८,००० भन्दा बढी R&D कर्मचारीहरू कार्यरत छन जसमा १६ प्रविधि अनुसन्धान र उत्पादन विकास केन्द्रहरू, १७ प्रविधि कम्पनी र १८० प्रयोगशालाहरू (राष्ट्रिय स्तरका प्रयोगशालाहरू सहित) रहेका छन् जसले यसलाई युरोपेली ईभी बजारको एक प्रमुख भागको रूपमा स्थान दिन्छ।

युरोपेली सुरुवातको एक हिस्साको रूपमा चाङआनले सुरुमा नर्वे, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स र बेलायत जस्ता प्रमुख ईभी बजारहरूमा ध्यान केन्द्रित गर्दै बजार प्रवेशको औपचारिक रणनीति अपनाउँदैछ। सन् २०२८ सम्ममा कम्पनीले सबै प्रमुख युरोपेली बजारहरूमा उपस्थिति जनाउने योजना बनाएको छ। नेदरल्याण्ड्समा अवस्थित युरोपेली मुख्यालयले व्यापार सञ्चालनको केन्द्रको रूपमा काम गर्नेछ। बिक्री कम्पनीहरूको मुख्यालय जर्मनीको म्युनिखमा स्थापना गरिएको छ। हाल युरोपभरि लगभग ५०० कर्मचारीहरू कार्यरत छन् जसमा इटाली र बेलायतका अनुभवी डिजाइनर र इन्जिनियरहरू पनि समावेश छन्। इनोभेसन र बजार संलग्नतालाई अगाडि बढाउनका लागि आफ्नो लोकल ट्यालेन्ट पूल विस्तार गर्न कम्पनी प्रतिबद्ध छ।

“जर्मनीमा आउन पाउँदा हामीलाई खुशी लागेको छ,” चाङआन अटोमोबाइलका अध्यक्ष झु हुआरोङले भने। “चाङआन एक खुला र सहयोगी कम्पनी हो जुन दिगो गतिशीलताको नेतृत्व गर्ने र मानव जीवनलाई फाइदा पुर्‍याउने स्पष्ट लक्ष्यद्वारा संचालित छ।”

“हामीले यस वर्ष विश्वव्यापी रूपमा तीस लाख युनिट बिक्री गर्ने लक्ष्य राखेका छौं जसमा दस लाख विद्युतीकृत सवारी साधनहरू हुनेछन्। हामीले सन् २०३० सम्ममा प्रति वर्ष पाँच लाख सवारी साधनहरू डेलिभर गर्ने लक्ष्य राखेका छौं जसमा तीस लाख विद्युतीकृत हुनेछन्। योसँगै हामी राम्रो भविष्यको लागि इनोभेसन पनि चलाइरहने छौं।” झुले थपे।

चाङआन अटोमोबाइलले टेक-ड्रीभन इनोभेसन, इन्टेलिजेन्ट निर्माण र दिगो विकासलाई केन्द्रमा राखेर आफ्नो विश्वव्यापीकरणलाई तीव्र पार्दै विश्वस्तरीय अटो ब्रान्ड निर्माण गर्न प्रतिबद्ध छ। युरोपमा ब्रान्डको यस सुरुवात चाङआनको विश्वव्यापी उपस्थितिमा एक महत्वपूर्ण कदम हो जसले विश्वव्यापी दृष्टिकोणको अर्को चरणलाई संकेत गर्दछ।

चाङआन अटोमोबाइलको बारेमा

चाङआन अटोमोबाइल एक इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी हो जसमा ३१ देशका ९१५ भन्दा बढी विशेषज्ञहरू, चाङ-आन, डीपल, एभीएटिआर जस्ता विविध ब्रान्ड एवम् चाङआन फोर्ड, चाङआन माज्दा र जेएमसी जस्ता संयुक्त उद्यमहरू छन्। चाङआनको बलियो उत्पादन फैलावट र विविधता छ जसमा यात्रुवाहक सवारी साधन, पिक-अप र हल्का व्यावसायिक सवारी साधनहरू समावेश छन्। प्रविधि इनोभेसनद्वारा संचालित बलियो क्षमता र औद्योगिक स्तरोन्नतिको साथमा दिगो मोबिलिटी इनोभेसनको लागि प्रतिबद्ध चाङआन अटोमोबाइल विश्वस्तरीय अटो ब्रान्ड बन्ने बाटोमा रहेको कम्पनीले बताएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?
हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आजको मौसम पुर्वानुमान

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.