यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सले ट्रफी टुर, स्कूटर र्याली र जर्सी अनावरणको साथ सुरु गरे एनएसएल सिजन ३ को तयारी
काठमाडौं । काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्यालीको साथमा एनएसएल सिजन ३ को उत्साहजनक सुरुवात गरेका छन्। कार्यक्रमले काठमाडौं रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई पनि सम्मान गर्यो, जसले फ्यानहरूलाई उनीहरूको मनपर्ने टोली र खेलको नजिक ल्यायो।
नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भएको र्याली बसन्तपुर र काठमाडौँका प्रमुख स्थान हुँदै यामाहा ब्लू स्क्वायरमै आएर समापन भएको थियो। उत्साही राइडर, फ्यान र टिमका समर्थकहरू सामेल भएको भव्य र्यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको थियो।
र्यालीपश्चात् यामाहा ब्लू स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाडौं रेजर्सको एनएसएल सिजन ३ को यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो। अभिनेत्री प्रियङ्का कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको बताइएको छ।
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ केएमपीएल (एआरएआई-प्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिको साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्दछ। यसमा रियल-टाइम डायग्नोस्टिक्सको लागि ओबीडी-आईआई पनि छ जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फर्मेन्स ड्रिभन भएको सुनिश्चित गर्दछ। मैदानमा काठमाडौं रेजर्सजस्तै, रेजेडआर हाइब्रिड पनि प्रदर्शन, दक्षता र विश्वसनीयताको लागि बनेको छ जसले आफ्ना राइडरहरूको लागि असाधारण भ्यालु प्रदान गर्दछ।
एनएसएल सिजन ३ नजिकिँदै जाँदा यामाहा र काठमाडौं रेजर्स उत्साह, जोश र उच्चस्तरीय फुटबल एक्सनले भरिपूर्ण सिजनको लागि तयार रहेको जनाइएको छ ।
एमएडब्लू अन्तर्गतको यामाहा नेपाल, आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिको लागि परिचित एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादन र असाधारण आफ्टर सेल्स सर्भिसको साथ निरन्तर बजारको नेतृत्व गरिरहेको छ। ब्रान्डको गुणस्तर र ग्राहक सेवाप्रतिको प्रतिबद्धताका कारण प्रत्येक राइडरले निर्बाध र सुरक्षित राइड एक्सपिरियन्सको आनन्द लिने गर्दछन्।

सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


