महिला एसियन कप छनौट : खेलको ड्र सार्बजनिक,नेपाल समुह ‘एफ’ मा
काठमाडौं । एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल ‘एफ’ मा परेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंकासमेत परेका छन् ।
यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछ । छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ ।
छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गर्दा नेपाल समुह एफमा परेको हो ।
दुई समूहमा पाँच र ६ समूहमा चार टोली छन् । प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन् ।
समुह बिभाजन:
समूह ए: इरान, जोर्डन, लेबनान, सिंगापुर र भुटान ।
समूह बी: थाइल्याण्ड, भारत, मंगोलिया, टिमोर-लेस्टे र इराक ।
समूह सी: म्यानमार, बहराइन, बंगलादेश र तुर्कमेनिस्तान ।
समूह डी: चाइनिज ताइपेई, इन्डोनेसिया, किर्गिस्तान र पाकिस्तान ।
समुह इ: भियतनाम, गुआम, संयुक्त अरब इमिरेट्स र माल्दिभ्स ।
समूह एफ: नेपाल, उज्बेकिस्तान, लाओस र श्रीलंका ।
समूह जी: फिलिपिन्स, हङकङ, चीन, कम्बोडिया र साउदी अरेबिया ।
समूह एच: उत्तर कोरिया, मलेसिया, प्यालेस्टाइन र ताजिकिस्तान
सम्बन्धित समाचार
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

