Jankari Kendra
१२ आश्विन २०८३, सोमबार
Worldlink

लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १७
लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट

काठमाडौं । नेपालको लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत, लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई रु. १५,००० को नगद छुट, एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट, र हेलमेट निःशुल्क  प्राप्त गर्न सक्ने बताइएको छ । यो अफर भने नगदमा खरिद गर्ने ग्राहकमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

ग्राहकहरूको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ, जसअनुसार ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् । लुयान नेपालले काठमाडौंभित्र १७ स्थानमा सर्विस सेन्टर तथा चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको बताइएको छ । जुन नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डमध्ये सबैभन्दा धेरै रहेको कम्पनीको दाबी छ ।

नेपालभरका १३ प्रमुख शहरहरूमा लुयानको डिलर नेटवर्क रहेको छ । कम्पनिका अनुसार, नेपालमा सबैभन्दा सस्तो, भरपर्दो र सर्वसुलभ इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा लुयान चिनिँदै आएको छ । राम्रो तान्ने क्षमता, आयल कुल्ड मोटर र कम मर्मत खर्चका कारण लुयान स्कुटरहरू नेपाली ग्राहकहरूका लागि पहिलो रोजाइ बन्दै गएका छन् ।

लुयानको एमएनके ३ र एस ९० अहिलेको बढी बिक्रि भइरहेको मोडेलहरु रहेको कम्पनीले बताएको छ। कम्पनिका अनुसार, एमएनके ३ को छुटपछिको मुल्य १ लाख ७७ हजार ६ सय र एस ९० को मुल्य २ लाख १ सय मात्र रहेको छ । नयाँ वर्षको सुरुवातलाई अझ विशेष बनाउन लुयान नेपालको यो अफर आगामी बैशाख मसान्त सम्मका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स