Jankari Kendra
१८ श्रावण २०८३, सोमबार
Worldlink

आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, चैत्र, १८
आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

काठमाडौं । आज आईपीएल २०२५ मा पहिलो पटक ती दुई खेलाडी आमनेसामने हुने समय आएको छ, जसमा ५३.७५ करोड भारतीय रुपैयाँ खर्च भएको छ । मतलब दुबै यस मूल्यमा खरिद गरिएको खेलाडी मैदानमा उत्रदैँछन ।  हामी ऋषभ पन्त र श्रेयस अय्यरको कुरा गर्दैछौं।

यी दुई आईपीएल २०२५ का सबैभन्दा महँगा खेलाडी मात्रै नभएर यस लिगको इतिहासमा पनि हुन् । ऋषभ पन्तलाई लखनऊ सुपर जायन्ट्सले २७ करोडमा किनेको थियो भने जबकि पञ्जाब किंग्सले श्रेयस अय्यरलाई २६.७५ करोड भारतीय रूपैयाँमा स्विकार गरिएको थियो ।

आइपीएल २०२५ को १३ औँ खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जाइन्ट्सको सामना आज गर्दैछ । यो खेल आईपीएल इतिहासका दुई सबैभन्दा महँगा खेलाडीहरू बीचको भिडन्तको साक्षी पनि हुनेछ, जो आ–आफ्नो टोलीका कप्तान पनि छन्।

ऋषभ पन्तको नेतृत्वमा लखनऊ सुपर जायन्ट्सको यो तेस्रो खेल हुनेछ भने श्रेयस अय्यरको पञ्जाब किंग्सले यो सिजनको दोस्रो खेल खेल्दैछन्।

Top Changing Nepal

युट्युब सट्स