आइपिएलमा आज सनराइजर्स र गुजरात भिड्दै
काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा सनराइजर्सले तीन खेलमा हार बेहोरेको छ । आफ्नो पहिलो खेल जितेको सनराइजर्सले त्यसपछिक लगातार तीन खेल हारेर दबाबमा रहेको छ । त्यस्तै गुजरात टाइटन्सले भने खेलेका ३ मध्ये २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलमा हार बेहोरेको छ ।
सनराइजर्सका लागि आक्रामक ब्याटिंग लाइन अप फ्लप रहनु चिन्ताको विषय बनेको छ । पहिलो खेलमा शानदार ब्याटिंग गरेर आइपिएलकै इतिहास बनाएको सनराइजर्सको ब्याटिंग त्यसयता चलेको छैन । सनराइजर्सलाई जित दिलाउन ट्राभिस हेड, अभिषेक शर्मा, इशान किसन र हेनरिक क्लासेनले जिम्मेवारपूर्ण ब्याटिंग गर्नुपर्ने देखिन्छ ।
त्यस्तै सन्तुलित टिम रहेको गुजरातले यस सिजनमा परिपक्क खेल देखाएको छ । एक खेल हारेपनि गुजरातमा कप्तान शुभमन गिल, साई सुदर्शन, रशिद खान र जोस बटलर जस्ता खेलाडीको राम्रो फर्मले राम्रो प्रदर्शन गरिरहेको छ ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

