• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

वर्ल्डलिंक कम्युनिकेसन्सद्वारा राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर घोषणा

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरिएको बताइएको छ ।

नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन्। यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

सम्झौता कार्यक्रम २५ अप्रिल २०२५ मा वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक समारोहबीच सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ। सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए।

नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्राण्ड एम्बेसडरहरू अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको छ, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने कम्पनीले जनाएको छ ।

समारोहमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै मनोज अग्रवालले भने, “यी ६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टीमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन्-जुन गुणहरू वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खान्छ। उनीहरूले लाखौं नेपालीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन्, र उनीहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौं।   हामी यो सहकार्यले हाम्रो ब्राण्डलाई थप ऊर्जावान बनाउने र देशका विभिन्न भागमा रहेका समुदायहरूसँग हाम्रो सम्बन्ध अझ गाढा बनाउने विश्वास गर्छौं। हामी सँगै नयाँ पुस्तालाई प्रेरित गर्नेछौं, नेपालको उपलब्धिहरूलाई मनाउनेछौं र डिजिटल युगमा अझ मजबुत र समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्नेछौं।”

त्यसैगरी केशव नेपालले भने “नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ। वर्ल्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको छ। गत वर्ष हामीले ‘बीट द स्पीड’ अभियान सुरु गर्यौं जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्यो, र हामी गर्वका साथ घोषणा गर्छौं कि यसको दोस्रो सिजन चाँडै नै आउनेछ। यो सहकार्य केवल ब्राण्ड प्रवर्द्धन होइन, नेपाली जनताको भावना र गौरवसँग जोडिएको हाम्रो आत्मीय प्रतिबद्धता हो। क्रिकेटले हाम्रो मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ, र हामी वर्ल्डलिंकका रूपमा यस राष्ट्रिय खेललाई अझ सशक्त बनाउन र नेपाली जनताको मायालाई सम्मान गर्न प्रतिबद्ध छौं।”

छ जना खेलाडीहरूले पनि आफ्नो खुशी र उत्साह व्यक्त गर्दै, नेपालकै सबैभन्दा ठूलो आईएसपी वर्ल्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा गर्व महसुस भएको बताए। उनीहरूले वर्ल्डलिंकको नवीनता, विश्वसनीयता र सामाजिक प्रतिबद्धतामा विश्वास गर्दै सहकार्यमार्फत दुवै पक्षका लक्ष्यहरू पूरा गर्न सँगै अगाडि बढ्ने प्रतिवद्धता जनाए।

यो साझेदारी वर्ल्डलिंक र नेपाली क्रिकेट नायकहरू बीचको सपनाको सपनाको उत्सव भएको बताउँदै आकांक्षा, संघर्ष र सफलताको यात्राले सम्पूर्ण देशलाई गर्वित बनाउनले उनीहरुले बताए ।

वर्ल्डलिंक कम्युनिकेसन्सलिमिटेडको बारेमा
१९९५ मा स्थापना भएको वर्ल्डलिंक कम्युनिकेसन्सलिमिटेड नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो। देशभरि १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्‍याउँदै आएको वर्ल्डलिंकले उच्च गतिको ब्रॉडब्यान्ड र व्यावसायिक सेवा ७७ वटै जिल्लामा प्रदान गर्दै आएको छ। वर्ल्डलिंक निरन्तर प्रगतिको मार्गमा अघि बढिरहेको छ, स्थानीय समुदायलाई सहयोग गर्दै र नवप्रवर्तन र डिजिटल सशक्तिकरणमार्फत जीवन स्तर सुधार्न समर्पित रहेको जनाइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    • आजको मौसम : देशभर आंशिक बदली

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.