• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

वि. पी. स्मृति अस्पतालको फोहोर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहोर व्यवस्थापनमा लापर्वाही

काठमाडौं । अस्पतालबाट उत्पादन भएको हानीकारक फोहर निर्मलीकरण नगरी  सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुञ्जेल फोहर राख्ने जस्ता लापर्वाही गरेपछि काठमाडौँ महानगरपालिकाले बसुन्धरामा रहेको वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ ।

स्थानीयले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकोले नियन्त्रण गर्न अनुरोध गरेका थिए ।

सेन्टरले केस नम्बर ३४,१३५ मा गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभागका पठाएको थियो ।

गुनासो कर्ताले गएको सोमबार गुनासो दर्ता गराएका थिए । त्यसलगत्तै विभागका वरिष्ट अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी वलका प्रतिनिधिसहित अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा फोहर व्यवस्थापनको अभ्यास हेर्ने क्रममा अस्पतालका डेपुटी म्याटर्न भाइकुमारी गुरुङ्गले अटोक्लेभ गर्ने भनिएको सानो कोठामा पुर्‍याउनुभयो । त्यो कोठामा मुस्किलले २ जना अट्टाउन कठिन थियो ।

उनले दैनिक ५ किलोग्रामसम्म हानीकारक फोहर निर्मलीकरण गर्ने गरिएको अटोक्लेभ मेसिन देखे । त्यो ठाउँ र अटोक्लेभ मेसिनको बाहिरी भाग धुलोले ढाकिएको देखेर अनुगमन टोलीले निर्मलीकरण गरिएको भनेर पत्याएन ।

टोलीले नपत्याएपछि गुरुङ्ले विश्वस्त पार्दै भन्नुभयो, ‘मैले यहाँ काम गरेको १८ वर्ष भयो । म हजुरहरुलाई किन ढाँटूँ?’ उहाँको भनाइ मान्दै टोलीले भन्यो, ‘उसो भए अटोक्लेभ गरिएको फोहर हेरौँ न त ।’

त्यसपछि फोहर व्यवस्थापनमा खटिने २ जना महिलाहरुले फोहरको पोको ल्याउनुभयो । भुइँमा प्लाष्टिक विछ्याएर पोको खोलियो । खोल्दा खोल्दै गुरुङ् भन्दै हुनुहुन्थ्यो, ‘ऊ बाहिर टाँसिएको टेप हेर्नु त । पाकेको यसैबाट थाहा भइहाल्छ नि ।’

फोहरको पोकाको बाहिर कपडाको झोला थियो । त्यसभित्र प्लाष्टिकले बाँधिएका सानाठुला धेरै पोका थिए । पोकाभित्र राखिएको सबै फोहर आलो नै थियो । बस्तुको कुनै पनि रङ्ग परिवर्तन भएको थिएन । हेर्दा हेर्दै यो अवस्था देखिएपछि गुरुङ्ले सच्याउँदै भन्नुभयो, ‘प्लाष्टिकमा पोको बाँधेर हाल्न नहुने, गल्ती भएछ ।’

गुनासोकर्ताले गुनासो गरेजस्तै अस्पतालको कम्पाउण्डमा फोहर राखेर दुर्गन्ध फैलिएको थिएन । अस्पतालको कम्पाउण्ढको स्वच्छतामा भने कमजोरी थियो । बरु, अटोक्लेभ गरेर राखेको भनिएको फोहरबाट भने कडा गन्ध आएको थियो ।

यो अस्पतालमा अनुगमन गरिएको पहिलो पटक भने होइन ।

यसअघिका अनुगमनमा पनि मापदण्ड बुझाउँदै महानगरपालिकाले चाहेको वातावरणीय अवस्थाका विषयमा वुझाइएको थियो । यो अस्पताल मात्र होइन । दोहोर्‍याएर अनुगमन गर्दा हरेकजसो अस्पतालले पहिलो पटक टोली पुगेको जस्तो, आफू अनभित्र भएको जस्तो अभिव्यक्ति दिने गरेका छन् ।

अस्पतालको फोहर टोखाबाट सञ्चालित हिमालयन प्रा. लि. ले संकलन गर्ने गरेको छ । अनुगमनका क्रममा वरिष्ठ अधिकृत महर्जनले, महानगरपालिकाले हुन्छ नभनेसम्म फोहर संकलन नगर्न निर्देशन दिए ।

ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सकिन्छ ।

यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।

फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु अस्पतालहरुले हानीकारक फोहर व्यवस्थापनमा गरेका लापर्वाही हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.