अन्तिम खेलमा मध्यपुरको सानदार जीत
काठमाडौं । मध्यपुरले आफ्नो अन्तिम खेलमा बुधबार नयाँबस्ती युवा क्लबविरुद्ध ४–० को सानदार जित दर्ता गरेको छ ।
मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा बुधबार नयाँबस्ती युवा क्लबविरुद्ध ४–० को सानदार जित दर्ता गरेको हो ।
अन्तिम जितसँगै १३ खेलमा १८ अंक जोडेर मध्यपुर पाँचौं स्थानमा उक्लिएको छ । पराजित नयाँबस्तीले समान खेलबाट पाँच अंकका साथ पुछारमा रहेर लिगको अन्तिम स्थानमा रहेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मध्यपुरलाई जित दिलाउन विज्ञान खड्काले दुई तथा राहुल खड्का र साहिल केसीले समान एक एक गोल गरेका थिए ।
खेलको ३८औं मिनेटमा विज्ञानको पेनाल्टी गोलमार्फत मध्यपुरले अग्रता लिएको थियो । दुई मिनेट पछि उनैले टोलीको अग्रता दोब्बर बनाउन सफल भयो ।
राहुलले ६६औं मिनेटमा मध्यपुरका लागि तेस्रो गोल गरे भने ७९ औं मिनेटमा साहिलले गोल गर्दै मध्यपुरलाई ४–० को सानदार जित दिलाउन सफल भए ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

