७० औं वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले ल्यायो देशव्यापी एक्सचेन्ज अफर : यस्ता छन् आकर्षण
काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन अनुरोध गरेको छ ।
इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूममा हुनेछ । यस विशेष उत्सवको एक भागस्वरूप, ग्राहकले रु. ७ हजार सम्मको नगद छुट तथा ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्नेछन्, जसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउनेछ ।
एक्सचेन्ज आकर्षणहरू :
• कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा रु. २५,०००/- को न्यूनतम मूल्यांकन,
• अतिरिक्त रु. १०,०००/- सम्मको भ्यालुएसन बोनस,
• निश्चित मोडेलमा ०% ब्याजदरमा ईएमआई,
• फ्लेक्सिबल फाइनान्स अप्सन,
• २ वर्ष ट्याक्स-फ्री – राइड-फ्री अफर, जसले बाइक किन्न झन्झटमुक्त र सहज बनाउँछ।
एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालले भने, “यामाहाको ७० औं वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो। नेपालमा यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्राण्ड बन्दै आएको छ। यो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको यो लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौं, त्यो पनि यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै।”
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले आफ्नो अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फराकिलो राष्ट्रव्यापी नेटवर्कका साथमा नेपालको दुई पाङ्ग्रे बजारको निरन्तर नेतृत्व गर्दै आएको बताएको छ। दैनिक प्रयोगका लागि बनाइएको स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि डिजाइन गरिएका मोटरसाइकलहरूसम्म, यामाहाले सबैका लागि उत्कृष्ट मूल्य र राइडिंग अनुभव उपलब्ध गराइरहेको जनाएको छ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

