म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता
जानकारी केन्द्र
२०८२, असार, २५
काठमाडौं। म्याग्दीमा गएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।
आज दिउँसो अचानक आएको पहिरोमा परी एकको मृत्यु हुनुका साथै थप एक बेपत्ता भएका छन् । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरो गएको थियो । अचानक आएको पहिरोमा पुरिएर लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको हो ।
समाचार अनुसार उनका छोरा अन्दाजी १३ वर्षका सरोज विक भने बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले सञ्चारकर्मीलाइ जानकारी दिएका छन् ।
उनका अनुसार घर नजिकैको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको थियो । बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
साथै, पहिरो थुनिएको म्याग्दी खोलावाट अहिले पानी निकास हुन थालेको छ ।
सम्बन्धित समाचार
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

