काठमाडौं । नेपालमा भल्वो आइसरका सवारी साधनको आधिकारिक वितरक बतास एमएडब्लु कमर्सियल भेइकल्स भल्वो आइसरको दक्षिण एसियाकै बेस्ट डिस्ट्रिब्युटरको रुपमा सम्मानित भएको छ । मलेसियामा गत जुलाई १६ देखि २० सम्म सम्पन्न इन्टरनेसनल एनुअल डिलर कन्फ्रेन्स २०२५ मा भल्वो आइसर कमर्सियल भेइकल्स (भीईसीभी) ले प्रतिष्ठित ‘ओभरल बेस्ट डिस्ट्रिब्युटर – साउथ एसिया’ द्वारा बतास एमएडब्लु कमर्सियल भेइकल्सलाई सम्मानित गरेको हो ।
भीईसीभीका इन्टरनेसनल डिस्ट्रिब्युटरहरुको उपस्थितिका बिच भीईसीभीका एमडी तथा सीईओ विनोद अग्रवालले एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिक र बतास एमएडब्लुका एमडी शान्ता बतासलाई सो अवार्ड प्रदान गरे ।
विभिन्न क्षेत्रका १० विज्ञहरु सम्मिलित निर्णायकहरुले सेल्स, सर्भिस, ग्रोथ र मार्केट सेयर लगायत विभिन्न आधारमा विजेताहरु छनोट गरेका थिए । भल्वो आइसरका लागि दक्षिण एसिया एक महत्वपूर्ण बजार रहेको र नेपाल समेत त्यसमा संलग्न रहेको जनाइएको छ ।
बतास एमएडब्लु कमर्सियल भेइकल्सले भल्वो आइसरका कमर्सियल भेइकल्स बिक्री–वितरण गर्नुका साथै बिक्री पछिको सेवा समेत उपलब्ध गराइरहेको बताइएको छ । गत एक वर्षको अवधिमा बतास एमएडब्लु कमर्सियल भेइकल्सले लक्ष्यको दोब्बर उपलब्धि हासिल गरेको र नेपालको सर्बाधिक वृद्धि भइरहेको कमर्सियल भेइकल डिस्ट्रिब्युटर बनेको कम्पनीले जनाएको छ।
नेपालमा भल्वो आइसरका सवारी साधनको राम्रो उपस्थिति छ । नेपालका सबै भेगका लागि उपयुक्त साना, मिडियम र हेभी–ड्युटी सवारी साधन उपलब्ध छन् । कम्पनीले केही समय पहिले नेपाली बजारमा सार्वजनिक गरेको प्रिमियम लक्जरी कोच ‘म्याजेस्टिक’ ले हाल राम्रो चर्चा पाइरहेको बताइएको छ ।
प्रतिष्ठित समग्र उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको अवसरमा सम्बोधन गर्दै, MAW कमर्सियल भेहिकलका उपाध्यक्ष हेमन्त पुराणिकले भने: “यो अवार्ड हाम्रो टोलीको जोश र प्रतिबद्धता, हाम्रो बोर्डको अटल समर्थन र हाम्रा ग्राहकहरूको अपार विश्वास, र VECV मा हाम्रा साझेदारहरू सँगको बलियो सहकार्यको प्रमाण हो। यस्तो महत्त्वपूर्ण क्षेत्रमा उत्कृष्टको रूप मामान्यता पाउनु प्रेरणादायी छ।हामी आगामी वर्षहरूमा स्तर अझ माथि उठाउन कटिबद्ध छौं।”