पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् सम्झौता हासिल भएन
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्तामा रसिया–युक्रेन युद्ध अन्त्यबारे कुनै सम्झौता हुन सकेन । दुई राष्ट्रपतिबीच अपेक्षा गरिएको भन्दा छोटो समयमा नै भेटवार्ता सकिएको थियो ।
अमेरिकाको अलास्काको एंकरेजमा भएको भेटवार्तामा रूसी राष्ट्रपति पुटिनलाई अमेरिकाको न्यानो स्वागत थियो । रेड कार्पेट बिछ्याईएको थियो । ट्रम्प आँफै स्वागतको लागि बसेका थिए । दुई राष्ट्रपतिबीचको भेटवार्ता सकारात्मक रहेको बताईएको छ ।
दुवै पक्षले भेटवार्तामा आशातित प्रगति भएको दाबी गरेका छन् । ट्रम्पले आफ्नो रूसी समकक्षी पुटिनसँग फलदायी वार्ता भएको र धेरै कुरामा सहमति भएको खुलाएका छन् । पुनिटसँगको भेटवार्ताबारे आफूले नेटो, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई पनि जानकारी गराउने संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले जानकारी गराएका छन् ।
प्रेस मिटको क्रममा ट्रम्पले पुटिनसँग पूनः चाँडै भेट्ने वाचा गरेका थिए । लगत्तै पुटिनले अर्को भेटवार्ता अब मस्कोमा हुने बताएका थिए ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
