• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ बैशाख २०८३, बिहीबार
३१ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
  • १६ घण्टा 

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
  • १७ घण्टा 

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान
  • १८ घण्टा 

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन
  • १९ घण्टा 

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने
  • १९ घण्टा 

एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल
  • २० घण्टा 

क्रसर व्यवसायीद्वारा नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
  • २१ घण्टा 

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

  • ३. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ४. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

  • १०. नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह

 प्रधानमन्त्रीद्वारा नाडा अटो शो २०२५ मा नेपालकै पहिलो दिपलको फ्लाइङ कारको औपचारिक उद्घाटन

जानकारी केन्द्र २०८२, भाद्र, ४

काठमाडौं ।  वर्षको नाडा अटो शो फरक र विशेष छ किनकि यहाँ इतिहासमै पहिलो पटक फ्लाइङ कार डीपल eVTOL प्रदर्शित हुँदैछ। नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल मेला हो, जहाँ हरेक वर्ष नयाँ नयाँ इनोभेटिभ आइडिया, प्रविधि र उत्पादनहरू सार्वजनिक गरिन्छ। एमएडब्लु वृद्धि ग्रुप नेपालमा विश्वस्तरीय ब्रान्डहरू ल्याउने र उत्कृष्ट सवारी अनुभव दिने कम्पनीका रूपमा परिचित छ र नाडा अटो शोमा सहभागिताले नेपालको भविष्यको यातायातलाई आधुनिक र अग्रगामी बनाउने कम्पनीको दृष्टिकोण अझ स्पष्ट भएको बताइएको छ।

यो वर्ष एमएडब्लू वृद्धि ग्रुप आफ्नो यस दृष्टिकोणलाई अझ माथिल्लो स्तरमा पुर्‍याउन तयार रहेको जनाइएको  छ। मंगलवार नाडा अटो शो २०२५ को पहिलो दिनमा नै एक ऐतिहासिक अनावरण सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रुपमा फ्लाइङ कारका नामले लोकप्रिय दिपल eVTOL अनावरण गरे।

यस अवसरमा अध्यक्ष अग्रवालले भने, “नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो।” त्यस्तै प्रबन्ध निर्देशक सिकरियाले थप्नुभयो, “नेपालको यातायात प्रणालीलाई नयाँ परिभाषा दिन सक्ने यस प्रविधि ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ।”
दिपल eVTOL साधारण ‘नयाँ गाडी’ मात्र होइन। फ्लाइङ कार बनाउनका लागि डीपल निर्माण गर्ने कम्पनी चांगान अटोमोबाइल र EHang ले सहकार्य गरेर व्यक्तिगत यातायातको लागि नयाँ र आधुनिक उपाय ल्याएका हुन्।

दिपल चांगान अटोमोबाइलको नयाँ इनर्जी सब-ब्रान्ड हो, जुन चीनका सबैभन्दा ठूला अटोमोबाइल निर्माता कम्पनीमध्ये एक भएको बताइएको छ। त्यस्तै EHang भने विश्वकै अगुवा अटोनोमस हवाई सवारी निर्माता हो जुन कम्पनीले पहिलोपटक व्यवसायिक रूपमा नै पाइलटविहिन यात्रु बोक्ने eVTOL उपलब्ध गराएको थियो। यी दुवै कम्पनीको साझा उद्देश्य भनेको EHang को अटोनोमस उडान प्रविधिमा आधारित नयाँ पुस्ताका eVTOL विकास गर्ने, उत्पादन गर्ने र बजारमा ल्याउने जनाइएको छ।

दुवै कम्पनीको लक्ष्य हवाई यातायातलाई केवल विलासिता मात्र नबनाई फ्लाइङ कारलाई सुरक्षित, वातावरणमैत्री र सजिलो बनाउँदै सर्वसाधारणको लागि पनि प्रयोगयोग्य बनाउने र यसलाई सबैका लागि पहुँचयोग्य गराउने बताइएको छ। नाडा अटो शो २०२५ मा देखाइएको दिपल eVTOL उनीहरूको यही सहकार्यको प्रत्यक्ष परिणाम भएको जनाइएको छ।

त्यस बाहेक, चांगानले सन् २०३० सम्ममा अन्य आधुनिक यातायात सोलुसन्स विकास गर्न २.७६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना बताइएको छ । दिपल eVTOL सीधै माथि उड्न र भुइँमै फर्केर अवतरण गर्न सक्षम छ, जसले भविष्यको दिगो यातायातको नयाँ विकासलाई देखाउँछ।

दिपलमा हवाई इन्जिनियरिङ र अत्याधुनिक इलेक्ट्रिक प्रपल्सन प्रविधिको संयोजन छ जसले सडकमा हुने भीड कम गर्न, ध्वनि प्रदूषण घटाउन र कार्बन उत्सर्जन नियन्त्रण गर्न सहयोग गर्छ। उन्नत इन्जिनियरिंग प्रविधि बाहेक यसको ‘कुल’ डिजाइन आकर्षक र स्मार्ट प्रविधिले भरिपूर्ण छ। यो नयाँ प्रविधिहरूको आधुनिक रूप हो जसले देखाउँछ कि यातायात अब परम्परागत तरिकाले सडकमा मात्र सीमित छैन, सुरक्षा, दक्षता र पृथ्वीको स्वास्थ्यलाई प्राथमिकता दिँदै यो आकाशसम्म पनि फैलिँदैछ।

नेपालका लागि फ्लाइङ कारको प्रदर्शन गर्वको क्षण हो। यसले नेपाललाई भविष्यको दिगो यातायातको तयारी गरिरहेका मुलुकहरूको लहरमा समेट्छ। लामो समयदेखि विश्वस्तरीय उत्पादन ल्याउँदै ग्राहकहरूको विश्वास र निष्ठा जित्दै आएको एमएडब्लु वृद्धि ग्रुपका लागि चाहिँ यो अर्को उल्लेखनीय उपलब्धि भएको बताइएको छ । यो प्रस्तुति नाडा २०२५ को सुरुवात मात्र होइन, नेपालको अटोमोबाइल इतिहासमै महत्वपूर्ण क्षणको रूपमा दर्ज हुनेछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन
एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल

ताजा

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.