वीरगञ्जमा हैजा संक्रमितको सख्या ९३ पुग्यो
वीरगञ्ज । पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो,’ वीरगञ्ज १२ का एक बिरामीको भनाइ हो । यस्तै समस्या लिएर नारायणी अस्पताल पुगेका उनी मात्रै होइनन्, अहिलेसम्म विभिन्न अस्पतालमा ९३ जनामा हैजा पुष्टि भइसकेको छ ।
सबैभन्दा बढी संक्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुबैको तथ्याङ्क डर लाग्दो छ–यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ । यसपछि नेशनल मेडिकल कलेजमा १२ जना, जबकी भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ ।
अली अर्था अस्पतालमा दुईजना र अन्य निजी अस्पतालहरू– नारायणी सेन्ट्रल, एडभान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, मेडिसिटी वायोधा र सर्वोत्तममा १–१ जना संक्रमित छन् । स्वास्थ्यकर्मीहरूका अनुसार हैजाको मुख्य कारण प्रदूषित पानी र सरसफाइको कमी हो ।
स्थानीय बासिन्दा त्रसित छन् भने महानगर र स्वास्थ्य निकायले एकतर्फ औषधि वितरणलाई तीव्रता दिएका छन्, अर्कोतर्फ स्वच्छ पानी र सरसफाइलाई प्रमुख प्राथमिकता दिनुपर्ने आवाज उठेको छ ।
सम्बन्धित समाचार
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

