डोंगफेङ नामीको उपस्थिति थप मजबुत : बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
काठमाडौं । डोङफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा. लि. ले विर्तामोडमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ। यो कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ। । यसका साथै यसले ग्राहकहरूको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको बताइएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य बलराम थापा र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तका साथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विर्तामोडको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्शिभ अनुभव प्रदान गर्नेछ। ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहनेछन्। बिर्तामोड शोरूम उद्घाटनसँगै, एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको बताइएको छ।
बिर्तामोडमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २९ देखि मंसिर १ गतेसम्म विर्तामोड, चारपानेमा अवस्थित डोङफेङ नामी शोरुममा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि आयोजना गरिरहेको छ । यस अवधिमा, ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन्।
यस कार्यक्रममा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस ३ अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ। ग्राहकहरूले उत्कृष्ट मूल्यांकन र एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि पाउनेछन्।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
